site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
सार्वजनिक यातायात नसुध्रिने कारण
Sarbottam CementSarbottam Cement

समस्या पहिचान गर्नै नसकेपछि समाधानका उपाय पनि काम लाग्दैनन् । यसैले नेपालको र विशेषगरी काठमाडौं उपत्यकाको यातायात समस्या समाधान हुनुको साटो झन् झन् जटिल हुँदैगएको हो । कोटेश्वरको जाम कम गर्न भक्तपुरतिरबाट आउने सवारी साधनलाई बालकुमारीतर्फ पठाउने सरकारी योजना पनि यस्तै समस्याको टालटुले समाधानमात्र हो । यो यात्रुको भन्दा सवारी चालक र ट्राफिक व्यवस्थापकको सुविधा हेरेर यो उपाय अपनाउन लागिएको स्पष्टै बुझिन्छ । मनोहरामा पुल बनाएर सवारी साधनलाई अर्को बाटो पठाउँदा कोटेश्वरको जाम खासै कम नहुने तर बालकुमारीमा पनि जाम सुरुहुने अवस्था उत्पन्न हुनसक्छ । 

काठमाडौं उपत्यकामा कार्यालय समयमा सार्वजनिक सवारी साधनमा यात्रा गर्नु निकै कष्टकर हुन्छ । जसरी भए पनि जानै पर्ने बाध्यतामा भएका यात्रु यातायात व्यवसायीलाई सराप्दै सधैँ कोचिएर यात्रा गर्न बाध्य हुन्छन् । राज्यले सार्वजनिक यातायातलाई गरेको उपेक्षा र यातायात व्यवसायीले यात्रुलाई गर्ने शोषण यसका प्रमुख कारण हुन् । सबैभन्दा बढी यात्रु ओहोरदोहोर गर्ने बेलामा नियमित सवारी साधन अन्तै पठाएर यात्रुलाई सास्ती दिने चलन सबैजसो रुटमा देखिन्छ । विशेषगरी बिहान ८ देखि १० बजेको समयमा रुटका बस, मिनी र माइक्रोबस विद्यार्थी ओसार्न विद्यालयलाई भाडामा दिने गरिन्छ । यात्रुको चाप बढी हुने बेला यसरी सवारी साधनको संख्या घटाइँदा पनि सरकारले नियमन गर्ने वा व्यवसायी यात्रुप्रति उत्तरदायी भएर व्यवस्थापन गर्ने गर्दैनन् । 

Prabhu Bank
Agni Group
NIC Asia

देशका अरू समस्याजस्तै यातायातमा देखिएका समस्याहरूको पनि मूल कारण भने शासकको सामन्ती मानसिकता नै हो । निजी वा सरकारी सवारी साधनलाई सजिलो भए पैदल र सार्वजनिक यातायातमा हिँड्ने यात्रुलाई जति अप्ठेरो भए पनि शासकहरूको आँखा बिझाउँदैन । काठमाडौंमा केही महिना पहिलेदेखि टुँडीखेल वरपर ट्राफिक जाम कम गराउने निहुँमा बस स्टपहरू फेरबदल गरियो । भृकुटी मण्डपबाहिर सार्वजनिक सवारी रोक्न दिइएन । त्यस्तै जमलमा पनि सवारी रोक्न निषेध गरियो । यसले सिंहदरबार र बहादुर भवन जानआउन सजिलो त भयो होला तर दिनहुँ पचासौं हजार यात्रुले सास्ती भोग्नुपरेको छ । भृकुटीमण्डपतर्फका सबै यात्रु नेपाल वायुसेवा निगममा थपिएपछि त्यहाँ भिड थपिएको छ । नयाँसडकतर्फ जाम बढ्नथालेको छ । सडकमा माटो थुप्रिन नछाडेसम्म जति ब्रुमर लगाए पनि धुलो उँड्न छाड्दैन । राम्ररी हेरचाह गर्ने हो भने काठमाडौंका सडकमा कहिल्यै ब्रुमर लगाउन पर्दैन ।

काठमाडौंको यातायात समस्या सडक साँगुरो, मोटर धेरै भएकाले मात्र भएको हैन । काठमाडौंभन्दा धेरै सवारीको घनत्व भएर पनि यातायातको व्यवस्थापन सहज भएका सहर  संसारमा धेरै नै छन् । काठमाडौंमा त यात्रुकेन्द्रित व्यवस्थापनको प्रयासै नभएकाले समस्या झन्झन् दुरुह हुँदैगएको हो । यसैले सबैभन्दा पहिले राजनीतिक र प्रशासनिक शासकहरूको मानसिकतामा परिवर्तन आवश्यक छ । सडकमा पैदल यात्रुको सुविधालाई सबैभन्दा बढी महत्त्व दिनुपर्छ । त्यसपछि ट्राफिक व्यवस्थापन गर्दा सार्वजनिक यातायातका यात्रुको सुविधाले बढी प्राथमिकता पाउनुपर्छ । सवारी चालकले लेनको अनुशासनलगायतका नियम पालना नगरे कडा कारबाही हुनुपर्छ । जनसाधारणको सुविधालाई केन्द्रमा राखी यातायात व्यवस्थापन गरेमा अहिलेको जाम पनि कम हुन्छ । यात्रुको सुविधालाई प्राथमिकता दिनेबित्तिकै रुटका गाडी भाडामा अन्यत्र लगाउने, ठूला मालबाहक सवारी साधन व्यस्त समयमा साना गल्लीमा हिँडाउने, यात्रुलाई ५ सय मिटरभन्दा बढी दूरी पैदल हिँडाउने जस्ता समस्या देखिने छैनन् । यस्तै राज्यले दायित्व बोध गरेर सार्वजनिक यातायातमा लगानी बढाएमा पनि यातायातसम्बन्धी समस्या कम हुनेछ ।         
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत ५, २०७५  १३:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC