site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

नेपालको संविधान अपेक्षाकृत बढी नै विस्तृत र प्रगतिशील भएकाले राष्ट्रको विविधता पनि विभिन्नरूपमा झल्केको छ । त्यस्ता संवैधानिक प्रावधानमध्ये केही वर्ग र समुदायको हितमा केन्द्रित स्वतन्त्र आयोग पनि छन् । संविधानको धारा २३८ देखि २६४ सम्म यस्ता विभिन्न आयोगहरूको व्यवस्था छ ।  

मूलतः शासकीय कार्यकारीमाथि नियन्त्रण र सन्तुलन कायम राख्ने तथा सरकारबाट अन्याय भएमा कारबाहीको तहमा पुयाउन संवैधानिक आयोगहरूको व्यवस्था भएको देखिन्छ । अर्थात्, राज्यका कामकारबाहीको निगरानीकै निम्ति संवैधानिक आयोगहरूको व्यवस्था गरिएको हो ।  संविधानले नै काम, कर्तव्य र अधिकार तोकेकाले यस्ता आयोगलाई दिइएको महत्त्व स्पष्ट हुन्छ भने तिनमा राज्यको राम्रै स्रोत लगानी पनि भएको हुन्छ ।
 
तिनले कार्यकारिणीलाई बेलाबखत निर्देशन वा खराब कर्ममा सुधार निम्ति सुझाव वा सिफारिस गरिरहेका हुन्छन् तर अधिकांश समयमा सरकारले तिनका सल्लाह सुझावको उपेक्षा गरेको देखिएको छ । संवैधानिक आयोगहरूले वर्ष दिनमा आफ्ना काम तथा सुझावका प्रतिवेदन तयार गर्छन् र राष्ट्रपतिलाई बुझाउँछन् ।

त्यसरी बुझाइएको प्रतिवेदन राष्ट्रपतिले प्रधानमन्त्रीमार्फत् संघीय संसद्मा पेस गराउने व्यवस्था छ । संसद्मा पेश भएका ती प्रतिवेदनमा विस्तृत छलफल गरी ठोस निर्णय लिन संसदीय समितिमा पुग्छन् । समितिले आयोगका निर्देशन पालना भए या नभएको  हेरी छलफल गर्ने र सरकारले अटेर गएको पाइएमा कार्यान्वयन निम्ति निर्देशन दिनुपर्ने हो । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

अर्थात् तिनले शासकीय सुधार निम्ति दिएका निर्देशन वा सुझाव पालना नगरेमा सरकारलाई जबाफदेही बनाउने दायित्व संसदीय समितिको हो । समितिले प्रतिवेदन केलाएपछि सदनमा प्रस्तुत गर्ने, सदनमा छलफल गरेपछि कार्यान्वयन निम्ति सरकारलाई निर्देशन दिने गरिनुपर्थ्यो । प्रचलित संविधान र कानुनबाट नै त्यो दायित्व संसद् र संसदीय समितिलाई दिइएको छ ।
 
विडम्बना, संवैधानिक अंगका प्रतिवेदनमाथि संसद् र संसदीय समिति गम्भीर छलफल गर्ने अभ्यास अहिले छैन । कुनै बेला महालेखा परीक्षककै प्रतिवेदनमाथि सार्वजनिक लेखा समितिले निरन्तर छलफल चलाउँथ्यो र मुलुकको आर्थिक अनियमितताको पाटोमा देखिएका विकृति सुधार गर्न घचघच्याउँथ्यो । महालेखा परीक्षकद्वारा उठान गरेका आर्थिक अनियमितता तथा बेरुजुमाथि निष्कर्ष खोज्ने र बेरुजु फर्सोट गर्न माफी मिनाहा दिनेसम्मको अधिकार उसैको हुन्छ । 

यस्तै सुशासन तथा राज्य व्यवस्था समितिलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लोकसेवा आयोग, निर्वाचन आयोगका प्रतिवेदन केलाउने जिम्मेवारी प्राप्त छ । अर्थात्, विषयगत आधारमा संवैधानिक अंगका प्रतिवेदन संसदीय समितिमै पुग्छन् ।

Royal Enfield Island Ad

संविधानले यस्ता आयोगहरू संसद्प्रति जिम्मेवार र उत्तरदायी हुने बनाएको छ ।  सांसदहरूले संसदीय दायित्वलाई उपेक्षा गरेकाले त्यस्ता महत्त्वपूर्ण प्रतिवेदनमा छलफल नै नहुने अवस्था छ ।
 
संसदीय समितिहरू क्रियाशील नहुँदा संवैधानिक आयोगका प्रतिवेदन बेबारिसे बनेका छन् ।  तिनको प्रतिवेदन समयमै केलाउने हो भने सरकार अलिकति भए पनि अनुशासित र उत्तरदायी बन्न वाध्य हुन्थ्यो ।

राज्यका अंग संयन्त्रको क्रियाशीलतामा नै त मुलुकले गति लिने हो । अझ विधायिकी संस्था बढी सक्रिय हुँदा कार्यकारिणीदेखि संवैधानिक अंगलाई गतिशील हुन बाध्य पार्छ । 

संवैधानिक अंगलाई पनि आफ्ना सिफारिस वा सुझाव कार्यान्वयन वा तिनको सुनवाइ भएमा काम गर्ने उत्प्रेरणा मिल्छ । सँगै संवैधानिक आयोगका काम कारबाही र निर्देशनका हकमा कार्यकारिणीले बेवास्ता गरेको तथ्य संसद्मार्फत् उजागर पनि हुन्थ्यो ।
 
संसद् वा संसदीय समितिमा तिनका कामबारे छलफल भए सार्वभौम नागरिकले पनि त्यसबारे बुझ्ने अवसर पाउँछन् । त्यसअतिरिक्त संसद्रसंसदीय समितिको आड वा भरोसा पाउँदा संवैधानिक आयोगहरूलाई पनि काम गर्ने हौसला मिल्छ ।

संवैधानिक अंगका प्रतिवेदनमा छलफलै नहुने र तिनका निर्देशन कार्यान्वयन निम्ति संसद्ले चासो नै नराख्ने हो भने निश्चय त्यस्ता आयोगको औचित्यमा प्रश्न उठ्छ र राज्यकै धन खर्च गरी आयोगहरूले किन प्रतिवेदनका ठेली बनाउने ?

प्रतिवेदन राष्ट्रपतिलाई बुझाइने र प्रधानमन्त्रीमार्फत् संसद्मा प्रस्तुत हुने व्यवस्था भएकाले संविधानको पालना र रक्षाको दायित्व भएका राष्ट्रपतिले पनि त्यस्ता प्रतिवेदनको अनुगमन गर्नु उचित देखिन्छ । कम्तीमा राष्ट्रपतिको सचिवालयले वार्षिक प्रतिवेदन बुझेपछि त्यसको अवस्था के भइरहेको छ भन्ने अभिलेख र विवरण त राख्नुपर्ने हो । 

राज्य सञ्चालनमा बेथिति बढ्नु र शासकीय संरचना स्वेच्छाचारी हुँदै जानुमा संसद् र संसदीय समितिको अकर्मण्यता पनि एउटा प्रमुख कारण हो । जनप्रतिनिधिले आफ्नो दायित्व र भूमिका बिर्सेपछि मुलुकमा अराजकता र शासनमा अनुत्तरदायिता त बढ्ने नै भयो ।

यसबाट संसद्, संसदीय समिति, सांसद र संसद्का पदाधिकारीहरू कर्तव्यविमुख भएको सन्देश गएको छ । यसैले संवैधानिक अयोगका प्रतिवेदनमाथि समेत गहन छलफल गरेर नहुने कार्यकारिणीलाई स्वेच्छाचारी हुनबाट रोक्ने दायित्वप्रति संसदीय समितिका पदाधिकारी सचेत बनुन् । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर ३०, २०८१  १५:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro