site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
‘प्रचण्ड’ भयको कारण 

दुई साधु जङ्गलमा हिँड्दै थिए । साँझ परेको थियो । बृद्ध साधुले जङ्गलमा कुनै भय छैन भन्दै चेला साधुलाई अनायासै सोधे । चेला छक्क परे । उनले मनमनै सोचे । यो जङ्गल सयौं चोटी रातविरात हिँडेका थियौँ दुवै जना । कैयौं रात सँगै जङ्गलमा बास बसेका थियौँ । कहिल्यै गुरूलाई डर लागेको थिएन । तर, आज यिनको मनमा भय किन आयो ?  

जङ्गलको यात्रा लामो थियो । बृद्ध साधु असिनपसिन भएका थिए । बाटो मुन्तिर एउटा इनार देखियो । गुरूले आफ्नो झोला चेलालाई बोक्न दिए । इनारमा पानी पिउन गए । अर्का साधुलाई भयको कारण के होला भन्ने खुल्दुली थियो । पक्कै भयको कारण यही झोलामा हुनुपर्छ भन्ने सोचे । झोलामा हेरे । गम्छाले सुनको इँटालाई बेरेर राखेको देखे । भयको कारण पक्कै यही इँटा हुनुपर्छ भन्ने ठाने । हत्तनपत्त सुनको इँटा झिकेर खोल्सोमा मिल्काए । त्यत्रै आकार र वजनको ढुङ्गा गम्छाले बेरेर झोलामा राखे । बृद्ध साधु हतारिँदै आए । आफ्नो झोला लिए र काँधमा भिरे । झोला छामे । लामो सास फेरे । सँगसँगै अगाडि बढे । 

जङ्गल घनघोर थियो । बाटो लामो थियो । रात छिप्पिँदै थियो । बृद्ध साधु सशंकित हुँदै हिड्दै थिए । बेला बेला सुटुक्क झोला छाम्थे । असिनपसिन भएका थिए । चेला साधुले त्यहीँ जङ्गलमा बास बसौँ, साहै्र थाकियो भने । तर, बृद्ध साधुले होइन जङ्गलमा बास नबसौं । जङ्गल पार गरेर गाउँमा बास बसौँ भने । गुरूको बचन कसरी नमान्नू ? सकी न सकी हिँड्दै थिए ।  एक्कासी घोडाको टाप बजेको आवाज आयो । बृद्ध साधु सशंकित भए । यो केको आवाज हो ? को आइरहेको छ ? उनले हड्बडाउँदै भने । 

Prabhu Bank
Agni Group
NIC Asia

चेला साधु भने निस्फिक्री हिँड्दै थिए । उनी भयभीत थिएनन् । त्यसैले उनी निश्चिन्त थिए । उनले गुरुलाई ढाडस दिँदै भने त्यस्तो आवाज केही पनि आएको छैन । तपाईलाई भ्रम भएको हो । तपाइँ निश्चिन्त हुनुहोस् । कोही पनि आएको छैन । तपाई भयभीत हुनुको कारण मलाई थाहा थियो । त्यसैले तपाईँको भयको कारणलाई मैल इनार छेउको खोल्सामा मिल्काइसकेको छु ।  तपाई ढुक्क हुनुहोस् । तपाईले अब कुनै भय लिनु पर्दैन – चेलाले भने । यती सुनेपछी बृद्ध साधुले हत्तनपत्त झोला खोतले । झोलामा सुनको इँटा थिएन । उनले त ढुंगा बोकिरहेका थिए । ढुंगा सुनको इँटा हो भन्ने भ्रम पालिरहेका थिए । उनको भ्रम हट्यो । अनि भय पनि । अट्टहास हाँसो हास्न थाले उनी । यति लामो बाटो भयभीत हुँदै हिंँडेकोमा आफैँलाई खिसी गरे । 

भयको कारण उब्जिएको तनाव शिथिल भयो । गुरूले हाँस्दै भने – अब भय छैन  । भयभीत हुने कुनै कारण छैन । केहीको डर भएन अब । गाउँ धेरै टाढा छ । थाकियो । त्यसैले यही जङ्गलमा बास बसौँ । रुखमुनि बिसाए । निन्द्रामा दुवै मस्त भए । 

Global Ime bank

हिजो ०५२–०६२ सालका पुष्पकमल दाहाल ‘प्रचण्ड‘ । छापमार सँगै हिँड्थे । सँगै खान्थे । कहिले गाउँमा बस्थे । कहिले जङ्गलमा । उनमा आत्मविश्वास थियो । उनी ऊर्जावान् थिए । निर्धक्क थिए । उनको एक इसारामा हजारौं लडाकु मार्न, मर्न तयार हुन्थे । उनमा समृद्ध देशको सपना थियो होला । आफ्नो ज्यान भन्दा जनताको उज्ज्वल भविष्यमा हिँडेका हुन् भन्ने विश्वास थियो छापामारमा । त्यसैले उनी जनतासँग सुरक्षित थिए । 

उनको जीवनमा कहिले भय नै आएन भनेको होइन । भय मानव जीवनमा आउँछ नै । तर, भय आए पनि भयभीत नभए आँफै हराएर जान्छ । जति भय आए पनि उनले उपेक्षा गरे । भयले जरो गाड्न पाएन । हुर्कन बढ्न पाएन । भय समुद्रको लहरजस्तै आयो । त्यसरी नै गयो  । त्यसैले उनी भयभीत हुनु परेन । तनावमा परेनन् । ‘जनयुद्ध’ को नेतृत्व गरे । शान्ति प्रक्रियामा सामेल भए ।     

आजका ‘प्रचण्ड’ सुरक्षित महलमा बस्छन् । महल अग्लो पर्खालले घेरिएको छ । पाँच दर्जन सुरक्षाकर्मी गोलीगट्ठासहित उनको सुरक्षामा रातदिन तैनाथ छन् । सबैभन्दा ठूलो दलको शीर्ष नेता भएका छन् । उनकै दलको सरकार छ । अलल्य सम्पत्तिका मालिक भएका छन् भनिन्छ । तर, पनि ढुक्क हुन सकेका छैनन् ।  उनको जीवनमा चयन छैन । शान्ति छैन । निन्द्रा छैन । भयभीत छन् । आफूलाई मार्ने धम्की आयो भन्दै छन् ।

आफैँले प्रशिक्षित गरेको चेलाले मार्ने भयो भनेर त्रसित छन् । आफू नरहे गणतन्त्र खतरामा पर्छ भन्दैछन् । सार्वजनिक सभामा रोइलो गर्दैछन् । किन ‘प्रचण्ड’ यसरी भयभीत बन्न पुगे ? साँच्चै ! भयको कारण ‘विप्लव’ नै होलान् कि ? अरू केही ?     
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत ५, २०७५  १२:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC