site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
भीष्मराज आङदम्बेको संयोजकत्वमा केन्द्रीय अनुशासन समिति गठन
Sarbottam CementSarbottam Cement

काठमाडौं । लामो समयको छलफलपछि नेपाली कांग्रेसले अनुशासन समिति गठन गरेको छ। पार्टी मुख्यालयमा सोमबार अबेरसम्म बसेको बैठककले भीष्मराज आङदम्बेको संयोजकत्वमा अनुशासन समिति गठन गरेको प्रवक्ता विश्‍वप्रकाश शर्माले जानकारी दिए। 

बैठकले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधित र परिमार्जित) को धारा ३४ (७) अनुसार “केन्द्रीय अनुशासन समिति’ सर्वसम्मतिले गठन गरेको जनाइएको छ।

Prabhu Bank
Agni Group
NIC Asia

पाँच सदस्यी समितिको सदस्यमा देवेन्द्रराज कँडेल र किशोरसिंह राठौर चयन भएका छन्। बाँकी रहेका सदस्यमा वरिष्ठ नेता पौडेलले नाम उपलब्ध गराएपछि पदपूर्ति हुने स्रोतले जनाएको छ। 

समितिले गर्ने काम कारबाहीका विषयमा पनि सहमतीबाटै निर्णय लिइने सहमती भएको नेता अर्जुननरसिंह केसीले बाह्रखरीलाई बताए। 

Global Ime bank

केन्द्रीय कार्यसमितिको बैठक  मंगलबार दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्ने जनाइएको छ।

सोमबारको बैठकमा केन्द्रीय सदस्यहरु- बालकृष्ण खाँण, रमेश रिजाल, फरमूल्लाह मंसुर, मानबहादुर विश्वकर्मा, भीष्मराज आङ्दम्वे, अजयकुमार चौरिसिया, शंकर भण्डारी, ईश्वरी न्यौपाने, मोहनबहादुर बस्नेत र बीरबहादुर बलायरले आ-आफ्नो धारणा राखेका थिए। 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत ४, २०७५  २०:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC