खेल
एजेन्सी, लण्डन । इंग्ल्यान्ड भ्रमणमा रहेको पाकिस्तान घरेलु टोली इंग्ल्यान्डबिरुद्धको दोस्रो टेस्ट क्रिकेटमा पराजित भएको छ । लर्ड्समा भएको पहिलो टेस्टमा ७५ रनले जित निकालेको पाकिस्तान दोस्रो टेस्टमा भने इंग्ल्यान्डसंग ३ सय ३० रनले पराजित भएको हो ।
ओल्ड ट्राफर्डमा इंग्ल्यान्डले दिएको ५ सय ६५ रनको लक्ष्य पछ्याएको पाकिस्तान दोस्रो पारीमा २ सय ३४ रन जोड्दा अलआउट भयो । योसँगै चार टेस्टको श्रृँखलामा १–१ को बराबरी भएको छ ।
दोस्रो पारीमा पाकिस्तानमा मोहम्मद हाफिजले सर्वा्धिक ४२ रन बनाए । अन्य ब्याट्सम्यानले उलेख्य रन जोड्न सकेनन । इंग्ल्याण्डका जेम्स एन्डर्सन, माउन अली र क्रिस वोक्सले समान तीन तीन विकेट लिए । पहिलो पारीमा पाकिस्तानले १ सय ९८ रन बनाएको थियो ।
इंग्ल्यान्ड पहिलो परिमा ८ विकेटको क्षतिमा ५ सय ८९ रन बनाएर पारी समाप्तीको घोषणा गरेको थियो भने इंग्ल्याण्डले दोस्रो पारीमा एक विकेट गुमाएर १ सय ७३ रन बनाएपछि पारी समाप्तिको घोषणा गरेको थियो । पहिलो पारीमा इंग्ल्याण्डका जोए रुटले २ सय ५४ तथा कप्तान एलिस्टर कुकले १ सय ५ रन बनाएका थिए ।
प्रकाशित मिति: मंगलबार, साउन ११, २०७३ १३:१०
प्रतिक्रिया दिनुहोस्