site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
पत्‍नी सीताको उपचारका लागि प्रचण्ड अमेरिका प्रस्थान 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आइतबार बेलुका अमेरिका प्रस्थान गरेका छन्।

पत्नी सीता दाहालको उपचारका लागि उनी अमेरिका प्रस्थान गरेको पारिवारिक स्रोतले जानकारी दिएको छ।

Prabhu Bank
Agni Group
NIC Asia

सीता लगातार बिरामी परेपछि यसअघि काठमाडौं, दिल्ली र सिंगापुरमा उपचार गराइएको थियो। त्यहाँ उपचारले सन्चो नभएपछि थप उपचारका लागि अमेरिका प्रस्थान गरेका हुन्। 

उनलाई विदाइ गर्न नेकपाका नेता सुवास नेम्वाङ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए। 

Global Ime bank

सीता दाहालको उपचार अमेरिकाको जोन हकिङ्स् अस्पतालमा हुने प्रचण्डले जानकारी दिए। त्यहाँ उनको प्रोग्रेसिभ सुपर न्यूक्लियर प्लासीको उपचार हुने छ।

पत्नी सीताले पनि आफूले एकपटक अमेरिका गएर स्वास्थ्य उपचार गर्ने मनसाय राखेपछि आफू उपचारका लागि अमेरिका जान लागेको पनि स्पष्ट पारे। दाहाल पत्नी सीतालाई अमेरिकाको बाल्टिमोरस्थित ‘जोन हकिन्स’  अस्पतालमा उपचार गरिनेछ। वासिङटनमा रहेको एक अर्को सो रोग सम्बन्धि रिसर्च सेन्टरमा पनि पत्नी सीताको स्वास्थ्य परिक्षण गराउने योजना पनि रहेको अध्यक्ष दाहालले बताउनु भयो ।

दाहालका साथमा छोरी गंगा र ज्वाई जीवन आचार्य पनि रहेका छन्। एक हप्ता भन्दा बढी उपचारको समय लागे पत्नी सीतालाई छोरी-ज्वाँईको साथमा छाडेर स्वदेश फर्कने अध्यक्ष दाहालको योजना छ। 

उनले प्रस्थान गर्नु अघि विमानस्थलमा सञ्‍चारकर्मीसँग कुरा गर्दै भने, " म जानुको मुख्‍य उद्देश्य भनेको उपचार  नै हो। पार्किसन्सको जटिल अवस्था भएकोले त्यहाँ एक  यसको उपचार हुने थाहा भइसकेपछि उपचारका लागि जान लागिएको हो।"
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत ३, २०७५  १७:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC