site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
अमेरिकाले \'सुनौलो अवसर\' गुमायो, पुनः मिसाइल परीक्षण सुरु गर्ने उनको चेतावनी
Sarbottam CementSarbottam Cement

बीबीसी। उत्तर कोरियाली नेता किम जोङ उनले अमेरिकासँगको निशस्त्रीकरण वार्ता रद्द गर्दै पुनः आणविक मिसाइल परीक्षण सुरु गर्नेबारे विचार गरिरहेको उपविदेश मन्त्री छोइ सनह्वीले चेतावनी दिएकी छन्। विदेशी कुटुनीतिज्ञहरुसँग कुरा गर्दै उनले भियतनाम सम्मेलनमा अमेरिकाले 'सुनौलो अवसर' खेर फालेको भन्दै सो बयान दिएकी हुन्। 

गत महिना भएको उक्त बैठक, उत्तर कोरियाले सबै आणविक परीक्षण स्थल नष्ट नगरेसम्म ट्रम्पले आर्थिक प्रतिबन्ध नहटाउने अडान लिएपछि बिना सहमति टुंगिएको थियो। 

Prabhu Bank
Agni Group
NIC Asia

यसबीच उत्तर कोरियाले आफ्नो प्रमुख आणविक स्थल योङब्योनलाई नष्ट गराउने प्रस्ताव राखेको थियो तर अमेरिकाले भने सम्पूर्ण परीक्षणस्थल निस्क्रिय गर्न माग गरेको थियो। 

यस्तोमा किमले अब चाँडै नै अमेरिकासँग आगामी दिनहरुमा गरिने वार्ताबारे आधिकारिक घोषणा गर्ने छोइले बताएकी हुन्। उनले भनेकी छन्, ‘अमेरिकाको त्यस किसिमको माग पूरा गर्ने हाम्रो कुनै उद्देश्य छैन र हामी त्यस्तो वार्तामा सहभागी हुन पनि चाहदैनौँ। ’ तर पनि किम र ट्रम्पबीचको व्यक्तिगत सम्बन्ध भने अझै सुमधुर नै रहेको उनले स्पष्ट पारेकी हुन्। 

Global Ime bank

उनका अनुसार ट्रम्पले उल्लेख गरेअनुसार उत्तर कोरियाले सबै प्रतिबन्ध हटाउन माग गरेको थिएन र केबल पाँच प्रमुख आर्थिक प्रतिबन्ध मात्र रद्द गर्न प्रस्ताव गरेको थियो। यस्तोमा अमेरिकाले आफूहरुको मागलाई किन बढाएर व्याख्या गरेको भन्ने अझै स्पष्ट नभएको उनले बताएकी हुन्। 

ट्रम्प र किमबीच पहिलो ऐतिहासिक भेटवार्ता सिंगापूरमा भएको थियो। जसबीच दुबैले कोरियाली प्रायद्विप निशस्त्रीकरण गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। तर हनोइ सम्मेलनमा वार्ताबिना निष्कर्ष टुंगिएपछि भने पत्रकार सम्मेलनमा बोल्दै ट्रम्पले तेस्रो भेटवार्ताको कुनै योजना नरहेको बताएका हुन्। तर पनि आफूलाई दुबै बेठकबाट सकारात्मक नतिजा प्राप्त हुनेबारे आशावादी रहेको उनले बताए।   
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत १, २०७५  १८:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC