बर्दीसहित नेपाल प्रवेश गरेका भारतीय प्रहरीसहित सात जना रिहा

बर्दीसहित नेपाल प्रवेश गरेका भारतीय प्रहरीसहित सात जना रिहा

दाङ । अवैध रुपमा दाङ प्रवेश गरेका दुई भारतीय प्रहरीसहित सात जना रिहा भएका छन्।

बाँकेको रुपैडिहा नाका भएर बिहिबार राति दाङको तुलसीपुर पुगेका उनीहरुलाई शुक्रबार दाङ प्रहरीले रिहा गरेको हो ।

मानव बेचबिखनसम्बन्धी मुद्दामा छानबिन गर्न नेपाल प्रवेश गरेको बयान दिए पनि नेपालको प्रहरीसँग समन्वय नगरी बर्दीसहित नेपाल प्रवेश गरेकाले आफूहरुले नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेले बताए। अपराधिक घटनामा अर्को देश पुगेर अनुसन्धान गर्दा दुई देशबीच समन्वय हुनुपर्ने एसपी पाण्डेले बताए।

प्रहरीले भारतीय गाडीसहित दुई जना भारतीय प्रहरी र पाँच जना अन्‍य तुलसीपुरको न्यू मनकामना इँट्टा उद्‍योगबाट पक्राउ गरेको थियो। 

विवेक खड्का

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

भारतीय प्रहरीद्वारा नेपाली दूतावासको सहयोग माग

नयाँ दिल्ली । भारतको नयाँ दिल्ली स्थित शाहदरा आश्रमबाट करिब १ महिना अघि हराएका ९ नेपाली महिला अझैपनि नभेटिएको भारतीय

नेपाली महिला बसेको स्थानमा भारतीय प्रहरीको छापा, २८ महिला अनुसन्धानमा

गाजीयावाद । खाडी क्षेत्रमा कामका लागि जान लागेका २८ जना नेपाली महिला बसेको स्थानमा सोमबार राति प्रहरीले छापा मारेर उनीहरुसँग

भारतीय प्रहरीद्वारा नेपाली महिला बसेको होटलमा छापा, ८ जनाको उद्धार

नयाँ दिल्ली । दिल्ली महिला आयोगले नेपालबाट बेचबिखनका लागि ल्याइएका ८ जना महिलालाई बिहीबार स्थानीय पहारगञ्ज होटलबाट उद्धार गरेको छ

दिल्लीबाट मध्येरातमा नेपाली चेलीको उद्धार, बयान परिवर्तन गर्न भारतीय प्रहरीको दबाब !

काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीमा उद्धार गरिएका ३९ जना नेपाली युवतीहरुलाई भारतीय प्रहरीले बयान परिवर्तन गर्न दबाव खुलासा भएको