site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
\'नेकपा सेती र कालीगण्डकी मिसिएर नारायणी भइसक्यो\'
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य ईश्वर पोखरेले पार्टी सेतीगण्डकी र कालीगण्डकी मिसिएर नारायणी बनिसकेको अर्थ्याएका छन् । एकीकरण घोषणाको ११ महिनासम्म पनि पार्टी एकता विस्तार हुन नसकेका बेला शुक्रबार नेकपा जिल्ला कार्यालय भवन काठमाडौंको उद्घाटन गर्दै नेता पोखरेलले दुवै पार्टीका अन्तरनिहीत कमजोरीले पार्टी एकतामा ढिलाइ भएको स्वीकार गरेका हुन् ।

“सेतो–सेतो पानी देखेर सेतीगण्डकीतिर फर्किने भयो, कालो–कालो पानी देख्नेबित्तिकै कालीगण्डकी हुने भयो भने बुझ्नु हुँदैन,” उनले कार्यक्रममा भने, “पार्टी नारायणी बनिसकेको छ । नारायणी बनिसकेको पानी सेती र कालीगण्डकी हुन सक्दैन ।”

Prabhu Bank
Agni Group
NIC Asia

पूर्व एमाले र माओवादी केन्द्रको हिजोदेखिको केही ‘लिगेसी’का कारण बोली एउटै नभएको हुन सक्ने बताउँदै उनले भने, “विगतको वस्तुनिष्ठ समीक्षा नभइसकेकाले केही नमिलेको देखिएको हुनसक्छ ।”

‘दुई अध्यक्षले पार्टी एकताको टुंगो लगाइसक्नुभयो’
नेकपा सचिवालय सदस्य पोखरेलले पार्टी एकताको बाँकी काम दुई अध्यक्षले टुंगो लगाइसकेको दाबी गरेका छन् । नेता पोखरेलले दुई अध्यक्षले एकताको खाका बनाइसकेको र सचिवालयमा प्रस्तावको रूपमा अनुमोदन गरेपछि स्थायी कमिटीमा प्रस्तुत गरिने बताएका हुन् ।

Global Ime bank

“दुई अध्यक्षले औपचारिक ढंगले प्रस्ताव तयार पारेर सचिवालयमा ल्याउनुहुन्छ, प्रस्तावमा छलफल हुन्छ र स्थायी कमिटीले अनुमोदन गरेर एकताको सम्पूर्ण प्रक्रिया टुंग्याउँछौँ,” उनले भने ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत १, २०७५  १२:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC