Skip Advt.

बन्दले ३५ हजार विद्यालयका लाखौं विद्यार्थीको पढाइ अवरुद्ध

बन्दले ३५ हजार विद्यालयका लाखौं विद्यार्थीको पढाइ अवरुद्ध

काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले आयोजना गरेको नेपाल बन्दले देशभरका शैक्षिक संस्थामा प्रभाव परेको छ । 

बन्दले देसभरका झण्डै ३५ हजारभन्दा बढी विद्यालयमा अध्ययनरत लाखौं विद्यार्थीको पठनपाठन अवरुद्ध भएको छ । यस वर्षमात्रै विप्लव समूहको यो सातौं पटकको बन्द आह्वान हो । 

अस्थायी शिक्षक र अन्य पक्षगरी एक दर्जन पटक शैक्षिक संस्थाहरू बन्द भएको नेपाल प्याब्सनले जनाएको छ । शैक्षिकसत्र ०७५ को अन्त्यतिर अन्तिम परीक्षाको तयारीमा रहेका विद्यालय र परीक्षासमेत सञ्चालन गरिरहेका  विद्यालयहरूले बन्द आह्वानका कारण बीचमै विद्यालय बन्द गर्नुपरेको प्याब्सनले जनाएको छ ।

बारम्बारको शैक्षिक संस्था बन्द हुँदा पनि शिक्षा मन्त्रालय भने गम्भीर नदेखिएको सरोकारवालाहरूले आरोप लगाउँदै आएका छन् । 

आफ्ना कार्यकर्तामाथि सरकारले दमन गरेको विरोधमा विप्लव नेतृत्वको नेकपाले आज नेपाल बन्द आह्वान गरेको छ । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचारचार

न्यूजील्याण्डले बन्दुक प्रयोग सम्बन्धी कानून बदल्दै

न्यूजील्याण्ड । न्यूजील्याण्डका प्रधानमन्त्री जाकिन्दा अर्डेनले बन्दुक प्रयोग सम्बन्धी कानून परिवर्तन गर्ने जनाएकी छन्। सोमबार मन्त्रिपरिषद्को बैठकपछि बोल्दै प्रधानमन्त्रीले सो कुरा

न्यूजील्याण्डले बन्दुक प्रयोगसम्बन्धी कानुन बदल्ने

न्यूजील्याण्ड । न्यूजील्याण्डका प्रधानमन्त्री जाकिन्दा अर्डेनले बन्दुक प्रयोगसम्बन्धी कानुन परिवर्तन गर्ने जनाएका छन् । सोमबार मन्त्रिपरिषद्को बैठकपछि बोल्दै प्रधानमन्त्रीले सो

अनुगमन अभावमा 'अनैतिक अखडा' बन्दैछन् होस्टल

काठमाडौं । गत साउनमा महानगरीय प्रहरी वृत्त वानेश्वर, स्थानीय जनप्रतिनिधि र होस्टल एशोसिएसन प्रतिनिधिले वानेश्वर क्षेत्रका होस्टल अनुगमन गर्‍यो। टोल

स्वरोजगारको माध्यम बन्दै च्याउ खेती

लमही । पछिल्लो समय दाङमा च्याउखेती स्वरोजगारको माध्यम बनेको छ । तुलसीपुर उपमहानगरपालिका–१८ स्थित हेमन्तपुरमा सञ्चालन भइरहेको च्याउ खेतीबाट २५