site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
संसदमा गृहमन्त्रीले भने- जनमत संग्रहमा सहमति भयो भन्‍नु भ्रामक
Sarbottam CementSarbottam Cement

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले हालै सरकार र सिके राउतको समूहबीच भएको सहमतिको दोस्रो बुँदामा 'जनअभिमत'को कुरालाई लिएर गरिएको चर्चा भ्रामक भएको बताएका छन्। 

उनले संसदको आइतबारको बैठकमा बोल्दै देशलाई नै टुक्र्याउने गरी जनमत संग्रह गर्ने विषयमा यो विषयले बोल्यो भन्नु भ्रामक रहेको बताए। उनले भने, "यस्तो कुरामा जनमत संग्रह गर्न संविधानले दिँदैन। अन्य विषयमा जनमत संग्रह गर्न पनि संसदको दुई तिहाईले निर्णय गर्ने समेत बताए। 

Prabhu Bank
Agni Group
NIC Asia

उनले स्वतन्त्र मधेश गठबन्धन नामलाई नै मान्यता दिएको भन्ने तर्कका सम्बन्धमा पनि सो संगठनले आगामी दिनमा नाम परिवर्तन गर्न सक्ने समेत गृहमन्त्रीले बताए। उनले यसलाई अष्पष्ट ढंगले विभिन्न पक्षबाट कुरा उठाएकोमा सरकार आश्चर्यचकित भएको समेत बताएका छन्। "यसमा त सबै जना खुसी हुनुपर्थ्यो", गृहमन्त्रीको भनाई थियो।

सहमतिका क्रममा कोही फस्ने वा फसाउने कुरा नहुनुका साथै आत्मसमर्पण नगरिएको बताउँदै त्यस्तो कुरा कसैले उठाउँछ भने त्यो भ्रम भएको बताए। जसले राज्यको अखण्डतालाई सहमतिमा भएको कुराबाट जो पछि हट्छ वा धोका दिन्छ उ नै सकिने अवस्था आउने बताए।
 
उनले यो राज्य व्यवस्थालाई अलोकतान्त्रिक प्रक्रियाबाट उल्ट्याउने काममा पनि एउटा शक्ति सक्रिय रहेको आरोप लगाउँदै उनीहरुसँग सरकार राजनीतिक माध्यमबाट समाधान गर्न तत्पर रहेको बताए। सिके राउतको समूहले राष्ट्रको अखण्डताको रक्षा गर्नु प्रत्येक नेपालीको कर्तव्य हो भन्ने कुरामा सहमति नै गरेकोले धेरै शंका नगर्न आग्रह गरे। 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन २६, २०७५  १४:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC