अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा सांगीतिक प्रस्तुती 

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा सांगीतिक प्रस्तुती 

काठमाडौं । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा काठमाडौंस्थित इन्डियन वुमन एसोसियशनद्वारा काठमाडौंमा विश्व प्रख्यात भायोलिन वादक डा. एल. सुब्रमण्यम तथा प्रसिद्ध बलिउड गायिका कविता कृष्णमूर्तिको सांगीतिक प्रस्तुति गरिएको छ ।

काठमाडौं स्थित भारतीय राजदूतावासमा उक्त कार्यक्रम आयोजना गरिएको हो ।

उक्त कार्यक्रममा राजनीतिज्ञ, कलाकार, संगीतकार, साहित्यिक व्यक्तित्व, विद्यार्थी तथा सञ्चारकर्मी लगायत विभिन्न क्षेत्रका गरी करिब १ हजार पाँच सय भन्दा बढी व्यक्तिहरुको उपस्थिति थियो । उपराष्ट्रपति नन्दबहादुर पुनले कार्यक्रमको प्रमूख आतिथ्यता ग्रहण गरेका थिए ।

कार्यक्रममा डा. एल. सुब्रमण्यम तथा गायिका कविता कृष्णमूर्तिको साथमा अतुल रनिङ्गा र   फ्रिजो फ्रान्सिस (किबोर्ड), बसन्त कुल्कर्णी (ड्रम्स तथा परकुसन), अल्वेन फर्नाण्डेज (गितार), किथ पिटर्स (बेस गितार), तन्मोय बोस (तबला), पी.एन.एस. फाल्गुन (मृदंगम) र बिनय भिन्सेन्ट (साउण्ड इञ्जिनियर)लगायतले प्रस्तुती दिएका थिए ।
 

प्रतिकृया दिनुहोस