एजेन्सी । युभेन्ट्स इटालियन सिरी ‘ए’ फुटबलको उपाधि नजिक पुगेको छ । शुक्रबार राति भएको खेलमा शीर्ष स्थानको युभेन्ट्सले उडीनेसेविरुद्ध ४–१ गोलको सहज जित निकाल्न सफल भएको हो । शुक्रबारको खेलका युभेन्टस स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो बिनानै मैदान उत्रेको थियो ।
युभेन्टसको घरेलुमैदानमा खेलको ११ औं मिनेटमा मोइसे किएनलले गोल गर्दै युभेन्ट्सलाई सुरुवाती अग्रता दिलाए । ३९ औं मिनेटमा मोइसे किएनले ब्याक्तिगत दोस्रो गोल गरे । पहिलो हाफ बराबरीमा सकिएको खेलको ६७ इम्री कानले पेनाल्टी मार्फत गोल गर्दै युभेन्ट्सलाई ३–० को अग्रता दिलाए ।
त्यस्तै खेलको ७१ औं मिनेटमा माटुइडीले गोल गर्दै युभेन्ट्सलाई ४–० गोलको अग्रता दिलाए । उता उडिनेसेका तर्फबाट खेलको ८४ औं मिनेटमा केभिन लासंगाले सान्तोना गोल फर्काए । जितसंगै युभेन्ट्सले उपाधि जित्ने सम्भावना बलियो बनाएको छ । युभेन्ट्सले २७ खेलबाट ७५ अंक जोडेको छ । उडिनेसे २५ अंकसहित १५ औं स्थानमा छ ।