site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
अनमोल केसीका यी दुःख 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नायक अनमोल केसी फुटवल त हेर्थे तर उनलाई त्यसको अभ्यास थिएन । होस् पनि कसरी ? सानो छँदा होस्टल बसे । १८ वर्षको उमेरदेखि चलचित्र खेल्न थाले । फुर्सदमा पनि घरबाहिर निष्किन रुचाँउदैनन् उनी । फ्यान फलोइङको ओइरो । फुटवल खेल्ने वातावरण पनि भएन । 

भुवन केसीको होम प्रोडक्सनले चलचित्र बनाउने भयो । विषयबस्तु फुटबल । नाम ‘क्याप्टेन’ । हिरो अनमोल । हिरोभएपछि क्याप्टेन पनि उनै । पर्यो फसाद । कसरी अभ्यस्त हुने फुटवलको  बडील्याङ्वेजमा ? 

कोच चाहियो । स्क्रिनमा देखिने कोचले पुग्दैन थियो । फुटवल ग्राउन्डकै कोच चाहिन्थ्यो । अर्थात वास्तविक फुटवल प्रशिक्षक । 

Prabhu Bank
Agni Group
NIC Asia

भुवनको आफ्नै चलचित्र ‘क्याप्टेन’ । तारतम्य मिलाउने जिम्मा उनकै थियो । छोरो अनमोललाई फुटवल खेल सिकाउने कोच खोजे भुवनले, हरि खड्का । राष्ट्रिय फुटवल टोलीका पूर्व कप्तान तथा वर्तमान राष्ट्रिय महिला फुटवल टोलीका कोच थिए, हरि । 

अनमोललाई हरिले सिकाउन थाले फुटवलको भाषा । तीन महिनामा उनले फ्रि स्टाइल, ग्राउन्ड प्ले, पोस्चर, रनिङ ल्याङ्वेज सिके । हरिले अनमोललाई तीन महिना दिए । तीन महिनामा हरिले फुटवल एक्स्प्रेसन देखि कसरी बल ढोगेर राख्ने सम्म सिकाए ।

Global Ime bank

“फुटबल पृष्ठभूमी नभएकाले फुटवलको बडील्याङग्वेजसम्म उसलाई बुझाउनु पर्ने थियो । त्यो सिकाउनलाई सुरुका केही दिन गाह्रो भए पनि अनमोल काप्रति निकै डेडिकेटेड रहेछ, त्यसैले ऊ चाँडै क्याच गथ्र्यो,” हरिले बाह्रखरीसँग भने, “छोटो समयमा फुटवलको सिचवेसनअनुसार मैले उसलाई कोच गर्नुपर्ने थियो । तर मैलै दिएको सिचुवेसनमा ऊ चाँडै ढल्न सक्थ्यो । छोटो समयमा उसले धेरै सिक्यो ।” 

सुटिङमा अनमोलका केही तीता अनुभव भने छन् । झापाको चरम गर्मीमा छायांकनको समय थियो । फुटवलका लागि रनिङ चाहिन्थ्यो । त्यसका लागि उनले आफूलाई तयार गर्नुथियो । “उभिँदामात्रै पनि खलखली पसिना आउने झापाजस्तो गर्मी ठाउँमा सुटिङ थियो । सुटिङमा जानु एक महिना अगाडि मेरो खुट्टा फ्याक्चर भएको भयो । मैले फुटवल हान्ने खुट्टा लेफ्ट थियो तर मैले क्याप्टेनमा राइट लेगले बल हानेको छु,” अनमोल बाह्रखरीसँग भन्छन्, “घाम भर्खर आउँदा देखि घाम नजाँदासम्म म ग्राउन्डमा प्राक्टिस गर्थें ।” 

फुटवलमा ९० मिनेटको खेल हेरेका उनले सोचेका थिए, खेलौंला नि ! तर त्यती सहज कहाँ थियो र वास्तविकता ? अहिले अनमोल आफैँ भन्छन्, “खेलाडी ९० मिनेट ग्राउन्डमा खेल्छ । तर मैले दैनिक ७ देखि ८ घण्टा फुटवल खेल्नुपथ्र्यो ।”

फागुन १७ गते रिलिज हुने चलचित्र ‘क्याप्टेनमा अनमोल पहिलोपटक गरिब बाउको छोराको भूमिकामा छन् । पर्दामै भए पनि गरिब बाउको छोरो हुँदाको अनुभव अनमोलले पहिलोपटक भोगे । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन १४, २०७५  १६:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC