site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
जवान महिलालाई हृदयघात बढी हुन्छ !
Sarbottam CementSarbottam Cement

एजेन्सी । एक नयाँ अनुसन्धानमा जवान महिलाहरुमा हृदयघातको खतरा बढ्दो रहेको पत्ता लागेपछि अध्ययनकर्ताहरु यसको कारणबारे खोजी गरिरहेका छन् । पाँच वर्षको अन्तरालमा गरिएको विश्लेषणपछि हृदयघातका कारण अस्पताल भर्ना हुने ३५ देखि ५४ वर्षीय बिरामीको दर २७ प्रतिशबाट ३२ प्रतिशत पुगेको देखिएको हो । जसमा पनि जवान महिलाहरुमा यो रोग सबैभन्दा धेरै वृद्धि भएको पाइएको छ । 

५ वर्षको अनुसन्धानमा जवान पुरुषहरुमा हृदयघातको दर केबल ३ प्रतिशतले वृद्धि भएको छ भने यता युवतीहरुमा चाहिँ यही रोग २१ प्रतिशतबाट ३१ प्रतिशत पुगी १० प्रतिशत वृद्धि भएको देखिएको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

अनुसन्धानक प्रमुख, मेलिसाका अनुसार हाम्रो जनसङ्ख्या बूढो हुँदै गइरहेपनि युवा बिरामीहरुमा हृदयघात बढी देखिनु असामान्य कुरा हो । यसकारण पनि यो विषयलाई  चिन्ताजनक मानिएको उनी बताउँछिन् । मुटुले पर्याप्त रगत प्राप्त गर्न नसक्दा नै मानिसलाई हृदयघात हुने गर्दछ । हरेक वर्ष अमेरिकामा मात्र करिब ८ लाख मानिसलाई हृदय सम्बन्धी रोगका कारण हृदयघात हुने गरेको छ जसलाई मृत्युको सबैभन्दा प्रमुख कारण मानिन्छ । विश्वव्यापी रुपमा पनि हृदय सम्बन्धी रोगबाट हुने ८५ प्रतिशत मृत्यु हृदयघात या स्ट्रोककै कारण हुने गरेको विश्व स्वास्थ्य संघठनको भनाइ छ । 

यसरी अमेरिकामा गरिएको विश्लेषणपछि ३० प्रतिशत अस्पताल भर्ना हुने बिरामी ३४ देखि ५४ वर्षको हुने गरेको पाइएको हो । सो समुहमा ह्ृदयघातका कारण भर्ना हुने युवकहरुको दर भने १९९५ देखि २०१४ का बीच कम भएको देखिएको छ तर यता जवान महिलाको सङ्ख्यामा भने उलेखनीय वृद्धि भएको हो ।

Global Ime bank

यसरी यो नतिजालाई वैज्ञानिकहरुले आश्चर्यजनक मानिरहेका छन् र यसको कारणबारे विभिन्न विवाद भइरहेको बताइएको छ । कसैले यसमा मोटोपना जस्ता कारक जिम्मेवार हुन सक्ने अनुमान गरेका छन् भने निद्राको कमी, उच्च रक्तचाप र तनाव लगायतका कारण पनि यस्तो भइरहेको हुन सक्ने बताएका छन् ।

पछिल्लो समय मानिसहरु शारीरिक रुपमा सक्रिय नभएर आफ्नो टेबलमै बढी समय बिताउने गरेकाले पनि शारीरिक अभ्यासको कमीका कारण यस्तो नतिजा निस्किएको  बताइएको छ । गत वर्ष प्रकाशित एक जर्नलमा ५५ वर्ष भन्दा मुनिका युवामा, पुरुषहरुको तुलनामा महिलाहरुमा हृदयघातको लक्षण बढी देखा पर्ने गरेको बताइएको थियो । तर छाति दुख्ने जस्ता लक्षण देखिएपनि अधिकंश महिलालाई यसबारे थाहा नहुने गरेको बताइएको छ । 
–सिएनएन
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन ९, २०७५  ०६:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC