site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
महेन्द्रनगरद्वारा अत्तरिया ७ विकेटले पराजित 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । धनगढी प्रिमिएर लिग क्रिकेटमा महेन्द्रनगर युनाइटेडले सिवाइसी अत्तरियामाथि ७ विकेटकोे जित निकालेको छ । जितसँगै प्लेअफ पुग्ने झिनो सम्भावना बनाएको महेन्द्रनगरले अन्य टोलीको नतिजामा समेत भर पर्नुपर्नेछ । 
फाप्ला क्रिकेट मैदानमा ५५ रनको विजय लक्ष्य महेन्द्रनगरले २ बल बाँकी छँदै पूरा गर्यो । महेन्द्रनगरको जितमा विदेशी खेलाडी अनन्दले १७ रन बनाउँदा आरीफ शेख १५ रन अविजित रहे । कुशल मल्ल ६ रनमा अविजित रहँदा मोहम्मद नाभिद ६ र कप्तान शरद भेषवाकर ५ रनमा पेभेलियन फर्किएका थिए । सिवाइसीका भिम सार्कीले २ तथा दिपेन्द्र रावतले १ विकेट लिए । 
यसअघि पहिला ब्याटिङ गरेको सिवाइसी अत्तरियाले निर्धारित ६ ओभरमा ५ विकेटको क्षतिमा ५४ रन बनाएको थियो । चिसो मैदानका कारण ६ ओभरमा खेलाइएको खेलमा सिवाइसीका लागि सन्नी पटेलले १९ रन बनाउँदा जयकिसन कोल्सावाल र कप्तान दिपेन्द्रसिह ऐरीले १०–१० रन बनाएका थिए । सन्दीप जोरा ४ रन बनाएर पेभेलियन फर्किदा भिम सार्की र रित गौतम ४–४ रनमा अविजित रहेका थिए । महेन्द्रनगरका अभिनास बोहरा र सागर ढकालले २–२ विकेट लिदाँ कप्तान शरद भेषवाकरको नाममा एक विकेट रह्यो । 


 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन ५, २०७५  १३:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement