site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कोसीमा संविधानको धारा १६८ (५) अनुसार नयाँ सरकार गठनको आह्वान

विराटनगर । कोसीमा संविधानको धारा १६८ को उपधारा (५) बमोजिम नयाँ सरकार गठनका लागि आह्वान भएको छ । बुधबार राति प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले वैशाख २८ गते (शुक्रबार) अपराह्न ५ बजेसम्मभित्र सरकारमा दाबी पेस गर्न आह्वान गरेका हुन् ।

यसअघि आजै नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का नेताहरूले मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत नलिएकाले पदमुक्त भइसकेको दाबी गर्दै नयाँ सरकार गठनका लागि आह्वानको माग राखेर निवेदन दिएका थिए ।

०८० असोज २७ मा मुख्यमन्त्री कार्कीको नेतृत्वमा सरकार गठन भएको थियो । उनलाई एमाले र माओवादीकासहित बहुमत सांसदले विश्वासको मत दिएका थिए ।

तर, केन्द्रमा गठबन्धन फेरिएसँगै ०८० चैत २६ गते ५२ जना सदस्यले मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएका थिए । उनीहरू आफूहरूले समर्थन फिर्ता लिएको पत्र प्रदेश प्रमुखलाई दिएका थिए ।

KOshiii-1715188981.jpg
KOshiii-1715188981.jpg
 

प्रकाशित मिति: बुधबार, वैशाख २६, २०८१  २२:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro