site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
\'असल नियतको गाली राज्यले सहनुपर्छ\'
Sarbottam CementSarbottam Cement

काठमाडौं । हालैमात्र युट्युबमा राखिएको र हिजो (शनिबार) निकालिएको ‘लुट्न सके लुट कान्छा’ बोलको गीत अहिले चर्चामा छ । लोकप्रिय लोकगायक पशुपति शर्माले गाएको उक्त गीतमा प्रतिबन्ध लगाउनुपर्ने माग सत्तारुढ दलका केही नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीसँग गरेपछि गीतको चर्चा बढेको हो । 

तीव्र चर्चाका बीच गायक शर्माले शनिबार बेलुका युट्युब च्यानलबाट हटाएका थिए । तर, अहिले पनि उक्त गीत युट्युब, ट्विटर तथा फेसबुकमा छ्यापछ्याप्ती पाइन्छ । 

गीतको विषयवस्तुलाई लिएर आपत्ति जनाइनु र त्यसकै कारण युट्युबबाट गीत नै डिलिट गर्नुपर्ने अवस्था आउनुलाई लिएर विभिन्न प्रतिक्रिया आइरहेका छन् । लोकप्रिय लोकगायिका तथा सत्तारुढ दल नेकपाकी नेतृ कोमल वली पशुपति शर्मासँग आफ्नो लामो र राम्रो सहकार्य रहेकोले के गाउन हुन्छ, के हुन्न भन्ने कुरा उनलाई राम्रोसँग थाहा भएको बताउँछिन् । “गीत गाउने स्वतन्त्रता सबैलाई छ, तर, राज्यविरुद्ध नै उत्रिन चाहिँ हुँदैन । उसले रियलाइज गरेर परिमार्जन गरेर ल्याउँछु भनेको छ, त्यो नै ठूलो कुरा हो,” वलीले बाह्रखरीसँग भनिन् ।  

Prabhu Bank
Agni Group
NIC Asia

पशुपतिको गीतलाई लिएर प्रधानमन्त्री निवास बालुवाटारमा कुनै छलफल नभएको उनले बताइन् । “हिजो (शनिबार) म पनि बालुवाटारमै थिएँ । पीएमले केही कुरा गर्नुभएन यसबारेमा । अरु कसैले पनि केही कुरा गरेन । म हिँडिसकेपछि भएको भए मलाई थाहा छैन । गीतसंगीतको केही कुरा भए मसँग सोध्नुहुन्थ्यो प्रधानमन्त्रीज्यूले,” उनले भनिन् । गीतसंगीतमा नियन्त्रण गर्ने राज्यको कुनै नीति नरहेको उनले बताइन् । वली राष्ट्रिय सभा सदस्य पनि हुन् ।  

अर्की लोकगायिका मञ्जु पौडेलले पनि गीतमा प्रतिबन्ध नै लगाइनु गलत भएको बताइन् । 

Global Ime bank

पुराना लोकगायक कुमार बस्नेतले पनि लोकतन्त्रमा गाली गर्न पाइन्छ भन्दैमा गरिहाल्न नहुने तर राज्यलाई सही बाटो देखाउने काम कलाकारको हुने बताए । “राज्यलाई राम्रो बाटो देखाउने त कलाकारमात्र हैन, सबै नागरिकको दायित्व हो । असल नियतले गरेको छ भने राज्यले सहनुपर्छ,” बस्नेतले भने ।

किन हटाए पशुपति आफैंले गीत ?
सत्तारुढ दल नेकपा सम्बद्ध नेता–कार्यकर्ताको दबाबका कारण गायक शर्माले युट्युब च्यानलबाट गीत हटाएको बताइएको छ । उनले सिधै सरकारले दबाब दिएर गीत हटाउनु परेको नभने पनि घुमाउरो भाषा प्रायोग गर्दै चित्त नबुझेका कुरामा व्यंग्य गर्न पाउनु आफ्नो नैसर्गिक अधिकार भएको बताएका छन् । 

उनले आफ्नो फेसबुक पेजमा लेखेका छन्,

म पनि यही देशको एक सचेत नागरिक साथै कलाकार भएको नाताले देशमा विद्यमान भ्रष्टाचार, घुसखोरी र जिम्मेवारहरुको अकर्मण्यता विरुद्द आवाज उठाउन पाउने मेरो नैसर्गिक अधिकार हो भन्ने कुरामा म दृढ रहेको कुरा दोहोर्याउन चाहन्छु ।

उनले नेपाल वायु सेवा निगमको वाइडबडी विमान खरिद, ३३ किलो सुन प्रकरण, राष्ट्रपतिले चढ्ने भनिएको महँगो हेलिकप्टरसँगै सरकारको बागडोर सम्हाल्नेहरुले गरिरहेको अनियमितताप्रति व्यंग्य गर्दै गीत सार्वजनिक गरेका थिए । उक्त गीतलाई लिएर नेकपा तथा त्यसका भ्रातृ संस्थाहरुले विरोध जनाएको बताइएको छ । 

उनले आपत्ति जनाइएका शब्द निकालेर गीत पुनः लिएर आउने जानकारी दिएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन ५, २०७५  ११:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC