site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
नेविसंघको केन्द्रीय तदर्थ समिति बनाउने जिम्मेवारी देउवालाई
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको अर्को बैठक यही फागुन ९ गते दिउँसो १ बजे बस्ने भएको छ । दुई दिनसम्म चलेको केन्द्रीय कार्यसमितिको बैठकपछि बुधबार साँझ सो पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी वक्तव्यमा सो कुरा उल्लेख गरिएको छ । 

कांग्रेस सभापति शेरबहादुर देउवाको सभापतित्वमा बुधबार बसेको बैठकमा विमलेन्द्र निधिद्वारा नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको तर्फबाट महासमितिको बैठकमा प्रस्तुत राजनीतिक प्रस्ताव महासमितिबाट प्राप्त सुझाव सहित परिमार्जन गरी पेश गरिएको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

त्यस्तै, नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल आदिवासी जनजाति संघ र शुभेच्छुक संस्था प्रजातान्त्रिक वन प्राविधिक संघ–नेपालद्वारा स्वीकृतिका लागि पठाइएको विधान छलफलका लागि बैठकमा बुधबार नै गरिएको थियो । बुधबारको  बैठकमा केन्द्रीय सदस्यहरु— बालकृष्ण खाण, रमेश रिजाल, महेन्द्र यादव, गोविन्द भट्टराई, श्यामकुमार घिमिरे, बहादुर सिंह (लामा) तामाङ, लक्ष्मी परियार, अमृत अर्याल र अतहर कमाल मुसलमानले आ–आफ्नो धारणा राखेका थिए ।

नेपाल विद्यार्थी संघको केन्द्रीय तदर्थ समिति पार्टी सभापति  देउवाद्वारा आवश्यक परामर्श गरी गठन गरिने बैठकपछि जारी वक्तव्यमा उल्लेख छ । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन २, २०७५  ०७:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC