site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
प्रजातन्त्र दिवस तीन दिन मनाइने
Sarbottam CementSarbottam Cement

काठमाडौं । सरकारले ६९औँ राष्ट्रिय प्रजातन्त्र दिवस तीन दिनसम्म विभिन्न कार्यक्रम गरी मनाउने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा गठित ६९औँ राष्ट्रिय प्रजातन्त्र दिवस मूल समारोह समितिको आजको बैठकले फागुन ६, ७ र ८ गते विभिन्न कार्यक्रम गरी दिवस मनाउने निर्णय गरेको हो । 

दिवसका अवसरमा फागुन ६ गते दिपावलीसँगै उपत्यकाका महानगर र नगरपालिकाले आआफ्नो क्षेत्रमा राष्ट्रिय झण्डा एवं व्यानरसहित नगरको सरसफाइ र सजावट गर्ने कार्यक्रम तय गरिएको छ । यस्तै फागुन ७ गते मुख्य दिन राष्ट्रपतिको उपस्थितिमा सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह गरिने समितिले जनाएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

सोही दिन बिहान सेनाले बिगुल बजाउने, तोप र बन्दुकबाट बढाइँ गर्ने, सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि र बेलुन उडाउने तथा शहीदको आत्माको चिरशान्तिको कामनाका साथ पूजापाठ र प्रार्थनाको कार्यक्रम गरिनेछ । कार्यक्रममा उपराष्ट्रपति मूल समारोहमा समितिका अध्यक्ष एवं प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपप्रधानमन्त्री, संवैधानिक आयोगका अध्यक्ष र सदस्य, मन्त्रीलगायतको उपस्थिति रहनेछ । 

उपत्यका बाहिर प्रदेशका मुख्यमन्त्रीको अध्यक्षतामा तथा जिल्लामा जिल्ला समन्वय समितिका प्रमुखको अध्यक्षतामा दिवस मूल समारोह समिति बनाइ विभिन्न कार्यक्रम गरिनेछ । काठमाडौँमा दिवस मनाउनका लागि सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको अध्यक्षतामा प्रचारप्रसार उपसमिति, काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको संयोजकत्वमा मञ्च सजावट तथा व्यवस्थापन उपसमिति र काठमाडौँका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा कवाज तथा व्यायाम व्यवस्थापन उपसमिति गठन गरिएको छ । 

Global Ime bank

जिल्ला सदरमुकामबाहेकका स्थानीय तहमा सम्बन्धित स्थानीय तहको प्रमुख तथा अध्यक्षको संयोजकत्वमा समिति गठन गरी प्रभातफेरी, प्रवचन, गोष्ठी, सांस्कृतिक कार्यक्रम तथा सरसफाइ कार्यक्रम गरिनेछ । यस्तै फागुन ६ देखि ८ गते तीन दिन साँझ दिपावलीसमेत गरिने मूल समारोह समितिले जनाएको छ । आज बसेको समितिको बैठकले विदेशस्थित नेपाली दुतावास, नियोग तथा वाणिज्य दुतावासमा विभिन्न कार्यक्रमसहित तीनै दिन साँझ दिपावली गर्ने समितिले निर्णय गरेको छ । 

विसं २००७ फागुन ७ गते १०४ वर्षे जहानियाँ राणा शासनको अन्त्य भएको दिनको सम्झनामा प्रत्येक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाइन्छ । रासस

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ २८, २०७५  २२:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC