प्रेसलाई नियन्त्रण गर्न खोजिएको होइनः सञ्चारमन्त्री

प्रेसलाई नियन्त्रण गर्न खोजिएको होइनः सञ्चारमन्त्री

खस्यौली । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रेसलाई नियन्त्रण गर्न नखोजिएको स्पष्ट गरेका छन् ।  नेपाल पत्रकार महासङ्घ, रुपन्देहीले आज बुटवलमा गरेको साधारणसभामा उनले प्रेसलाई सङ्कुचन र नियन्त्रण होइन व्यवस्थित, मर्यादित र नियमन गर्न खोजिएको बताए ।  

मन्त्री बाँस्कोटाले वर्तमान सरकारले विज्ञापन नीति संसद्मा दर्ता गरेको उल्लेख गर्दै समानुपातिक विज्ञापन नीतिले पत्रकारका पक्षमा काम गर्ने बताए । “श्रमजीवी पत्रकार ऐन श्रमजीवीप्रतिको सम्मान हो”, उनले भने ।  

वर्तमान सरकारले काम गरिरहेको जानकारी दिँदै मन्त्री बाँस्कोटाले सरकारले काम गरेको छैन भनेर अफवाह नफैलाउन आग्रह गरे । उनले सरकार नागरिकका पक्षमा रहेकाले प्रणालीलाई विधिअनुसार लैजान खोज्दा ढिलाइ भएको उल्लेख गर्दै परिवर्तनलाई आत्मसात् गर्न नसक्दा विगतका सरकारलाई पनि निषेध गर्न खोजिएको बताए ।  रासस

प्रतिकृया दिनुहोस
ad