site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
बिल्बाउमा बार्सिलोनाको बराबरी
Sarbottam CementSarbottam Cement

एजेन्सी । एथलेटिक बिल्बाउमा आइतबार राति गोलरहित बराबरी नतिजामा चित्त बुझाएपछि बार्सिलोनाले स्पेनिस ला लिगा अंकतालिकाको शीर्ष स्थानमा अग्रता ८ अंकले फराकिलो पार्ने अवसर चुकाएको छ । 

चिर प्रतिद्वन्द्वी रियाल मड्रिडले अघिल्लो दिन मड्रिड डर्बीमा एट्लेटिको मड्रिडमाथि जित हासिल गर्दै शीर्ष स्थानसँगको दुरी ५ अंकमा घटाएको थियो । तर बार्सिलोना आइतबार चुक्दा स्पेनिस ला लिगाको उपाधि दौडको रोमाञ्च कायम रहेको छ । २३ खेलको समाप्तीमा बार्सिलोना ५१ अंकका साथ शीर्ष स्थानमा कायम रहँदा रियाल ४५ अंकका साथ दोस्रो तथा एट्लेटिको ४४ अंकका साथ तेस्रो स्थानमा छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

योसुफ इन नेसिरीको ह्याट्रिकमा लेगानेसले १० जनामा सिमित भएर खेलको अन्त्य गरेको रियाल बेटिसलाई आइतबार स्पेनिस ला लिगाको अर्को खेलमा ३–० ले हरायो । समय सकिन ९ मिनेट बाँकी रहँदा जाभी गार्सियाले रातो कार्ड सामना गरेपछि बेटिस १० खेलाडीमा सिमित भएको थियो । 

स्पेनिस ला लिगामा आइतबारै सम्पन्न अन्य खेलमा भ्यालेन्सियाले रियाल सोसिडाडसँग गोलरहित बराबरी नतिजा निकाल्दा सेभिया र एइबारले २–२ को बराबरी खेले । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ २८, २०७५  ०८:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC