site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
भ्यालेन्टाइनमा प्रदीप र जसिताको ‘घाम जुन’ उपहार 
Sarbottam CementSarbottam Cement

काठमाडौं । चलचित्र ‘लिली बिली’बाट जोडी बनेका अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङले यस पटकको प्रणय दिवस (भ्यालेन्टाइन डे)मा आफ्ना दर्शकलाई ‘घाम जुन’ उपहार दिने भएका छन् । 

लभ स्टेशनको पहिलो गीत ‘चाहिँदैन घाम जुन...’ को भिडियो दर्शकलाई भ्यालेन्टाइन उपहारको रुपमा प्रणय दिवसकै दिन बुढा सुब्बा डिजिटलबाट प्रदीप र जसिताले पस्कन लागेका हुन् । नयाँ वर्षको अबसर पारेर यो जोडीको नयाँ चलचित्र लभ स्टेशन आगामी २२ चैतबाट रिलिज हुँदैछ ।

Prabhu Bank
Agni Group
NIC Asia

छायाँकनका लागि भियतनाममा गत साता छायांकन गरिएको छ । 

गीतलाई सुगम पोखरेल र रेश्मा पुनमगरले गाएका छन् । दीपक शर्माको शब्द संगीत रहेको छ । गीत रिलिज बुढा सुब्बा डिजिटलबाट सुरु गरिसकिएको छ । गीतसँगै भिडियो पनि उत्कृष्ट बनेको प्रस्तुतकर्ता गोविन्द शाहीले बताएका छन् ।

Global Ime bank

चलचित्रमा प्रदीप र जसितासँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु रानासहितको अभिनय छ । चलचित्रलाई उज्ज्वल घिमिरेले निर्देशन गरेका हुन् । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ २८, २०७५  ०७:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC