‘सक्षम नागरिक उत्पादनका लागि मन्टेश्वरी शिक्षा’

‘सक्षम नागरिक उत्पादनका लागि मन्टेश्वरी शिक्षा’

काठमाडौं । अभिनेत्री खुश्बु खड्काले देशमा सक्षम नागरिक उत्पादनका लागि मन्टेश्वरी शिक्षाको भूमिका महत्वपूर्ण हुने बताएकी छन् । काठमाडौं महानगरपालिका वाड नंं २ लाजिमपाट अवस्थित ‘मिनी किड्स मन्टेश्वरी’ उद्घाटन गर्दै अभिनेत्री खड्काले भनिन्, “मन्टेश्वरीमा बालबालिकाको रुची र चाहना अनुसारको शिक्षा हुने भएकोले अबको दिनमा यो अनिबार्य छ । खेल्दाखेल्दै धेरै कुरा सिक्न सक्छन् ।’ 

घर बलियो बनाउन जग बलियो हुन आवश्यक भए जस्तै  सक्षम जनशक्ति उत्पादनका लागि मन्टेश्वरी शिक्षा आवश्यक भएको उनको भनाइ छ । 

सरस्वती पुजाको अवसर पारेर आइतबारबाट सञ्चालनमा आएको  ‘मिनी किड्स मन्डेश्वरी’ रश्मी गुरुङले सञचालनमा ल्याएकी हुन् । उद्घाटन अभिनेत्री खुश्बुसँगै, काठमाडौं महानगरपालिका वाड नंं २ अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठ,  समाजसेवी हिराकाजी श्रेष्ठ,  एमपी भुषाल, बिक्रम बिष्ट लगायतले रिवन काटेर गरेका थिए । 

कार्यक्रममा वडा अध्यक्ष श्रेष्ठले बालबालिकाको विकाशका लागि मन्टेश्वेरीले खेल्ने भूमिकाको चर्चा गरे । उनले मन्टेश्वेरीको शिक्षा र त्यसको बातावरणले बालबालिकाको भविश्य कता जान्छ भनेर अनुमान गर्न सकिने बताए ।
 

प्रतिकृया दिनुहोस
ad