site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
वाइडबडीको अनियमितता कता हरायो ? 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले नेपाल वायु सेवा निगमले एअर बस – ३३० खरिद गर्दा आर्थिक अनियमितता भएको ठहर गरेर थप छानबिन र कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सिफारिस गरेको थियो । यसैगरी समितिले अनियमिततामासंलग्न व्यक्तिलाई कारबाहीका लागि सरकारलाई निर्देशन दिने पनि निर्णय गरेको थियो । परन्तु, सरकारले भने हतारमा न्यायिक जाँचबुझ समिति गठन गरेर संसदीय समितिको निर्णय प्रभावहीन बनाउने जाल रच्यो । संसदीय समितिको ठहरमा एअर बस खरिद काण्डमा बहालवाला र पूर्व मन्त्रीहरूका साथै सचिवहरूसमेत मुछिएका थिए । तिनैलाई कारबाहीबाट जोगाउन सरकारले पूर्वन्यायाधीशको संयोजकत्वमा न्यायिक जाँचबुझ समिति गठन गरेको अनुमान त्यति बेलै गरिएको थियो । अहिलेसम्म न्यायिक समितिका संयोजकलाई नै सरकारले जानकारी नदिएको समाचार सार्व जनिक हुँदा त्यही अनुमान सत्य सिद्ध भएको छ । 

वाइडबडी खरिद काण्डका नामले चिनिने एअरबस – ३३० को खरिदमा ४ अर्ब रुपैयाँभन्दा बढी आर्थिक अनियमितता गरिएको ठहर लेखा समितिले गरेको छ । अनियमिततामा बहालवाला मन्त्री, पूर्वमन्त्रीहरू, नेपाल वायुसेवा निगम सञ्चालक समितिका पदेन अध्यक्ष बहालवाला र पूर्वसचिवहरू, निगमका महाप्रबन्धकसमेत संलग्न रहेको समितिको प्रतिवेदनमा उल्लेख गरिएको छ । तर, सरकारले समितिको प्रतिवेदन स्वीकार गरी अर्को छानबनि समित गठन गर्नुका साथै कारबाहीको सिफारिस पनि कार्यान्वयन गरेन । त्यसो त, उपसमितिको प्रतिवेदनको भाषासमेत सच्याएरमात्र उपसमितिले पारित गरेको थियो । सुरुमा निकै मुखर देखिएको प्रमुख विपक्ष पनि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासमेत जहाज खरिद प्रक्रियामा संलग्न देखिएको समाचार सार्वजनिक भएपछि अपेक्षाकृत मौन भएको छ । यिनै कारणहरूले हो कि अख्तियार दुरुपयोग अनुसन्धान आयोग पनि एअरबस – ३३० खरिद अनियमिततामा उदासीन देखिन पुगेको छ । 

विगतमा धेरैपटक खरिद प्रक्रिया सुरु गर्नेबित्तिकै हस्तक्षेप गरेर अख्तियार र संसदीय समितिहरूले क्षेत्राधिकार मिच्ने गरेका थिए । अहिले भने महालेखा परीक्षकको प्रतिवेदनले देखाएको अनियमितताका विषयमा छानबिन गरेर सार्वजनिक लेखा समितिले सही अभ्यास गरेको छ । सरकारले संसदीय समितिको सिफारिस कार्यान्वयन गर्नुको साटो उल्टो बाटो अपनाएको थियो । संसदीय समितिले अख्तियारलाई कारबाहीको सिफारिस गरेको पत्र पठाइसकेकाले अब अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो साख नगुमाउने हो भने यस प्रकरणमा तत्काल छानबिन थाल्नुपर्छ । यस्तै संसदीय समितिको निष्कर्षलाई प्रभावहीन बनाउन सरकारले गरेको न्यायिक जाँचबुझ समिति गठन गर्ने गम्भीर गल्ती सच्याउन समितिसम्बन्धी निर्णय सरकारले फिर्ता गर्नुपर्छ । नत्र, सरकार एअरबस खरिदमा भएको भ्रष्टाचारका दोषीलाई उम्काउन लागेको आरोप पुष्टि हुनेछ । यस्तै, अख्तियार पनि सरकारको ‘पिंजराको सुगा’ ठहरिनेछ ।
   

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ २४, २०७५  १२:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC