site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अमेरिकामा १२९ भारतीय विद्यार्थी पक्राउ, भारतले अमेरिकी दूतावाससमक्ष जनायो चिन्ता
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad
KFC Island Ad
Dabur Nepal
NIC Asia
Royal Enfield Island Ad

नयाँ दिल्ली ।  अमेरिकामा १२९ जना भारतीय विद्यार्थी पक्राउ परेकोमा भारतीय विदेश मन्त्रालयले शनिबार नयाँ दिल्लीस्थित अमेरिकी दूतावास समक्ष चिन्ता व्यक्त गरेको छ । सो अवसरमा भारतले अमेरिकी दूतावासलाई ती विद्यार्थीको बारेमा तत्काल कानुनी उपचारको व्यवस्थाका लागि माग गरेको छ । 

भारतका ती विद्यार्थी एउटा नक्कली युनिभर्सिटीमा प्रवेश गरेको मामिलामा अमेरिकाका सुरक्षाकर्मीले उनीहरुलाई पक्राउ गरेका हुन् ।  ती विद्यार्थीहरु गएको बुधबार पक्राउ परेको जनाइएको छ । 

अमेरिकी सरकारले सो नक्कली विश्वविद्यालयको वेबसाइटपनि बन्द गरेको छ । मिचिगनमा छ भनिएको सो युनिभर्सिटीको नाम फार्मिङटन युनिभर्सिटी भनिएको थियो । भारतीय विदेशमन्त्रालयले सो सम्बन्धी डिमार्च( कुटनीतिक धारणा) अमेरिकी दिूतावासलाई दिएको हो । त्यसमा भारतले अमेरिकालाई ती विद्यार्थी ठगिएको हुन सक्ने जनाउँदै त्यसै अनुसार बुझेर सहयोग गरिदिन आग्रह गरेको छ ।यसरी नक्कली युनिभर्सिटीमा फस्नेमा भारत र चीनका विद्यार्थी धेरै रहेको बताइएको छ । (बीबीसी)
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ २०, २०७५  ०८:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro