![रुसका आणविक सेना प्रमुख बम विस्फोटमा मारिए](https://12khari.top/uploads/posts/Russsia-1734420098.jpg)
काठमाडौं । रुसका आणविक सेना प्रमुख इगोर किरिलोभको एउटा विस्फोटमा मृत्यु भएको छ । किरिलोभसँगै उनका सहयोगी पनि मारिएका छन् ।
बीबीसीका अनुसार, जनरल किरिलोभ अपार्टमेन्टबाट बाहिर निस्किँदै गर्दा नजिकै रहेको स्कुटरमा विस्फोट भएको थियो ।
किरिलोभलाई अप्रिल २०१७ मा आणविक सेना प्रमुख बनाइएको थियो । उनी रुसको विकिरण, रसायन र जैविक हतियार विभागका प्रमुख थिए ।
किभ इन्डिपेन्डेन्टको रिपोर्टका अनुसार किरिलोभलाई युक्रेनको सुरक्षा सेवाले युद्धमा प्रतिबन्धित रासायनिक हतियार प्रयोग गरेको अभियोगमा दोषी ठहर गरेपछि युक्रेनमा उनको भूमिकाको लागि बेलायत र क्यानडाले प्रतिबन्ध लगाएको छ ।
![Royal Enfield Island Ad](https://baahrakhari.com/uploads/bigyaapan/15756600.gif)
रुसको अनुसन्धान एजेन्सीले एक विज्ञप्ति जारी गर्दै किरिलोभको हत्या भएको जनाएको छ । यस विषयमा एजेन्सीले अनुसन्धान गरिरहेको छ ।
एजेन्सीका अनुसार विस्फोटमा २०० ग्राम टीएनटी प्रयोग गरिएको थियो । किरिलोभको मृत्युपछि रुसी संसद्का उपसभामुखले उनको हत्याको बदला लिने बताएका छन् ।