site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
महिला यू–१९ एसिया कप : नेपाल ‘सुपर फोर’मा

काठमाडौं । मलेसियामा जारी महिला यू–१९ एसिया कपमा नेपाल र भारतबीचको आजको खेल वर्षाका कारण रद्द भएको छ । खेल रद्द भएसँगै दुवै देशले एक–एक अंक बाँडेका छन् ।

दुवैको तीन–तीन अंक भए पनि रनरेटका आधारमा नेपाल समूह ‘ए’ को विजेता तथा भारत उपविजेता बनेको छ । दुवै देश ‘सुपर फोर’मा प्रवेश गरेका छन् । यही समूहमा रहेको पाकिस्तान दुवै खेलमा पराजित हुँदै पहिलो चरणबाटै बाहिरिएको छ । ‘सुपर फोर’मा नेपालले अब बिहीबार श्रीलंकासँग तथा शुक्रबार बंगलादेशसित खेल्ने छ ।

Dabur Nepal
NIC Asia

मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभल क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर ९४ रन बनायो । जितका लागि ९५ रनको लक्ष्य पछ्याउने क्रममा भारतले तीन दशमलव एक ओभरमा बिनाकुनै विकेट २८ रन बनाउँदा वर्षाका कारण खेल रद्द भएको थियो ।

यसअघि नेपालका लागि कप्तान पूजा महतोले सर्वाधिक २५ रन बनाइन् । उनले ४० बल खेल्ने क्रममा तीन चौका प्रहार गरिन् । यस्तै, एलिशाकुमारी यादवले अविजित २० रन बनाइन् । साना प्रवीनले नौ, सोनी पाख्रिनले आठ, ज्योत्स्निका मरासिनीले ६, सावित्री धामी र रचनाकुमारी चौधरीले तीन/तीन तथा अनु कडायत र कुसुम गोदारले एक÷एक रनको योगदान दिए ।

बलिङतर्फ भारतकी पारुनिका सिसोदियाले सर्वाधिक ४ विकेट लिइन् । यस्तै, आनन्दिता किशोर र मिथिला विनोदले समान एक/एक विकेट लिए । यसअघि नेपालले पहिलो खेलमा सोमबार पाकिस्तानलाई ६ विकेटले पराजित गरेको थियो । रासस

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस २, २०८१  १७:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro