site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भारतमा १०७औँ पटक संविधान संशोधनको तयारी

काठमाडौं । भारत सरकारले आज लोकसभामा ‘एक देश, एक चुनाव’का लागि भनेर संविधान संशोधन विधेयक पेस गरेको छ । भारतमा हुने लोकसभा र विधानसभा चुनाव एकैसाथ गराउने उद्देश्यका साथ भारतका संघीय कानूनमन्त्री अर्जुन राम मेघवालले संविधान संशोधनको विधेयक पेस गरेका हुन् ।

भारतमा सन् १९५१ देखि १९६७ सम्म लोकसभा र विधानसभा (प्रदेशसभा)को चुनाव एकैपटक हुन्थ्यो । तर, पछि गएर यी दुई तहका चुनाव फरकफरक समयमा गर्न थालियो ।

धेरैपटक संशोधन हुने संविधान

भारतको संविधान विश्वमा सबैभन्दा धेरैपटक संशोधन हुने संविधान हो । २६ नोभेम्बर १९४९ मा जारी भएको भारतको संविधान तयार गर्न नै चार वर्ष लागेको थियो । चार वर्ष लगाएर तयार पारिएको भारतको संविधान विश्वकै सबैभन्दा लामो लिखित संविधान हो । तर, यो संविधान जारी भएको एक वर्षपछि २६ नोभेम्बर १९५० देखि लागु भएको थियो ।  

संविधान जारी भएको दुई वर्षपछि र लागु भएको एक वर्षपछि पहिलोपटक भारतीय संविधान संशोधन गरिएको थियो । भारतमा संविधान संशोधन गर्न दुईतिहाइ बहुमत चाहिन्छ । संविधान संशोधन विधेयक भारतको लोकसभा र राज्यसभा दुवै सदनबाट दुईतिहाइले पारित हुनुपर्छ ।

सन् १९५१ मा भएको संशोधनमा जातीय र धार्मिक आधारमा भेदभाव गर्न नपाइने व्यवस्था थपिएको थियो । त्यसयता भारतीय संविधानमा बारम्बार संशोधन गरिएको छ । पछिल्लोपटक सन् २०२३ मा लोकसभा र विधानसभाा (प्रदेस संसद्)मा महिलाहरूका लागि एकतिहाइ सिट आरक्षण गर्ने व्यवस्था गर्न संविधान संशोधन गरिएको थियो ।

भारतभर लोकसभा र विधानसभाको चुनाव एकैसाथ गराउने व्यवस्था गर्न संसद्‌मा पेस गरिएको संशोधन विधेयक पारित भएमा भारतीय संविधान १०७औँ पटक संशोधन हुनेछ । र, १०७औँ पटक संशोधन हुने विश्वकै पहिलो संविधान हुनेछ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, पुस २, २०८१  १६:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro