site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
भ्रष्टाचार मुद्दामा ओखलढुंगाको चम्पादेवीका प्रमुख प्रशासकीय अधिकृत दाहालसहित ६ जना दोषी ठहर 

काठमाडौं । ओखलढुंगाको चम्पादेवी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भीमप्रसाद दाहालसहित ६ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । मंगलबार विशेष अदालतका न्यायाधीशहरू खुसीप्रसाद थारू, रामबहादुर श्रेष्ठ र मुरारीबाबु श्रेष्ठको इजलासले उनीहरूलाई जनही तीन महिना कैद र एक लाख ५७ हजार ३६५ रुपैयाँ जरिवाना हुने फैसला गरेको हो ।

दोषी ठहर भएकामध्ये दाहाल सेवानिवृत्त भइसकेका छन् । दाहालसँगै दोषी ठहर हुनेमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ ओखलढुंगाका तत्कालीन इन्जिनियर नवीन श्रेष्ठ र तत्कालीन सबइन्जिनियर लोकबहादुर ठकुराठी छन् ।

उनीहरूमाथि आर्थिक वर्ष ०७४/७५ मा गाउँपालिकामा सञ्चालित बीपी चोक, मिश्रभञ्ज्याङ, जौखोरिया, सिलुङ, चिलाउने र फतानेवारी सडकखण्ड निर्माण कार्यमा फिल्डको वास्तविक तथ्य बंग्याएको आरोप लागेको थियो । अदालतले कामभन्दा बढी मूल्यांकन गरेर परिमाणको झुटा बिल भरपाइ गरेको ठहर गरेको हो ।

अख्तियारले उनीहरूविरुद्ध जनही नौ लाख ४४ हजार १९५ बढी बिगो असुलउपर गर्न मागदाबी गर्दै ०८१ वैशाख २० मा मुद्दा दायर गरेको थियो । उनीहरूविरुद्ध राज्यको पदमा बसेर गरेको भ्रष्टाचारमा थप सजाय माग गरेकोमा प्रमुख कार्यकारी दाहालको हकमा दाबी नपुग्ने फैसला भएको छ ।

तर, तत्कालीन इन्जिनियर श्रेष्ठ र सबइन्जिनियर ठकुराठीको हकमा तीन महिना कैद र थप १० हजार जरिवाना हुने फैसला भएको छ ।

यस्तै, तत्कालीन उपभोक्ता समितिका अध्यक्ष लोकबहादुर थापा, सचिव पदमबहादुर कटवाल र कोषाध्यक्ष मिठुमाया गुरुङ खत्रीबाट भने एक लाख ५७ हजार ३६५ जरिवानासहित त्यति नै बिगो असुल गर्ने फैसला भएको छ ।

प्रकाशित मिति: मंगलबार, पुस २, २०८१  १७:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro