site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
श्रीलंकामा नयाँ सभामुख चयन
तस्बिर : लंकासारा

काेलम्बाे । श्रीलंकाको संसदले मंगलबार सर्वसम्मतिले सत्तारुढ राष्ट्रिय जनशक्ति (एनपीपी)का सांसद जगथ विक्रमरत्नेलाई नयाँ सभामुख नियुक्त गरेको छ ।

विक्रमरत्नेलाई प्रधानमन्त्री हरिणी अमरसूर्याले मनोनयन गरेका हुन् । साथै, उनको प्रस्तावलाई संसदीय दलका नेता विमल रत्ननायकले समर्थन गरेका थिए । 

उपसभामुख रिजवी सालिहले सदनमा विक्रमरत्नेलाई नयाँ सभामुखमा सर्वसम्मतिले नियुक्त गरेको घोषणा गरे । 

शैक्षिक योग्यतालाई लिएर विवाद भएपछि गत नोभेम्बर १३ मा पूर्वअध्यक्ष अशोक सपुमल रानवालाले राजीनामा दिएका थिए । यसअघि विपक्षी दलले सभामुखलाई जापानी विश्वविद्यालयबाट पीएचडी गरेको विषयमा झुटो बोलेको आरोप लगाएका थिए ।रासस/सिन्ह्वा

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, पुस २, २०८१  १३:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro