site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
३२  अधिकारकर्मी पक्राउ
SkywellSkywell
Dabur Nepal
NIC Asia

काठमाडौं । संसदलाई ढाँट्ने मन्त्री रविन्द्र अधिकारीलाई मन्त्री पदबाट बर्खास्त गर्न, वाइड बडी जहाज खरिद भ्रष्टाचारमा संलग्न दोषीहरुलाई कारबाही गर्न र सत्याग्रही प्रा.डा. गोविन्द केसीसँग सरकारले गरेका पूर्व सहमतिहरु कार्यान्वयन गर्न आग्रहसहित मानव अधिकार तथा शान्ति समाजले सञ्चालन गरेको अभियान अन्तर्गत बुधबार राजधानीमा भएको प्रदर्शनबाट प्रहरीले ९ जना महिलासहित ३२ जना अधिकारकर्मीहरुलाई गिरफ्तार गरेको छ । 
संघीय संसद भवन नयाँ बानेश्वर अगाडि आयोजित प्रदर्शनबाट प्रहरीले समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति उत्तम पुडासैनी, सल्लाहकार डा. गंगाधर अधिकारी, कोषाध्यक्ष रामकृष्ण बराल, केन्द्रीय सदस्यहरु गीता तिमल्सिना लगायतलाई पक्राउ गरेको समाजद्वारा जारी वक्तव्यमा जनाइएको छ । 
त्यसैगरी पक्राउ पर्नेमा  सरस्वती ढकाल, जयराम पुडासैनी, बटुकृष्ण ढुंगेल, विपी पौडेल, टंक गैरे, ईश्वर पुडासैनी, आर सी भण्डारी, नानीकाजी गिरी, विनोद कुँवर, उमा गौतम, अमृतप्रसाद उपाध्याय, डिगम्बर विक्रम राना, सावित्री गुरुङ, लक्ष्मी राना पुडासैनी, प्रमिला भण्डारी, सुशिला तामाङ, निरु पराजुली, सुरेश मुडवरी, विमला श्रेष्ठ, लाक्पा लामा, भिम बहादुर सुनुवार, छिरिङ, श्रेष्ठ, निशान्त वयलकोटी, रामु थापा, सुमित जिसी , अजय थापा र सुजन पुडासैनी छन् । गिरफ्तार गरिएका सबैलाई महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा राखिएको जनाइएको छ । 
धर्नामा अधिकारकर्मीहरुले ढटुवा मन्त्री बर्खास्त गर, जहाज हलुङ्गोः नेता गहु्रङ्गो, सत्याग्रही भोकै छन्ः नेपाली जनता रोएका छन, ठूला नेता मिलेकाः साढे चार अरब निलेका, दुई तिहाइ सरकारको उपहारः साढे चार अरव भ्रष्टाचार, डा. केसी सँगको सहमति कार्यान्वयन गर, जहाज खरिद भ्रष्टाचारः मूल दोषीहरुलाई कारबाही गर, लगायतका प्लेकार्ड बोकेका थिए । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ १६, २०७५  १४:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro