site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भूकम्पविद्लाई प्रश्न– तिब्बतमा गएको भूकम्प कस्तो हो ? नेपालको भन्दा कति फरक ?

काठमाडौं । चीनको तिब्बत केन्द्रविन्दु भएर मंगलबार बिहान शक्तिशाली भूकम्प गयो । नेपालका धेरै जिल्लामा समेत त्यसको धक्का महसुस गरियो ।

तिब्बतको दिंगी आसपास केन्द्रविन्दु भएर बिहान ६ बजेर ५० मिनेट (नेपाली समय)मा ७ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । जमिनको १० किलोमिटर गहिराइमा भूकम्पको केन्द्रविन्दु रहेको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।

भूकम्पको केन्द्रविन्दु नेपाल सीमाबाट करिब १०० किलोमिटरको दूरीमा रहेको केन्द्रका भूकम्पविद् लोकविजय अधिकारीले जानकारी दिए । नेपालमा जाने भूकम्पसित त्यो सम्बन्धित नरहेको उनले बताए । “नेपालमा गइरहनेभन्दा धेरै फरक हुन्छ यो तिब्बततिर जाने भूकम्प,” उनले बाह्रखरीसित भने ।

तिब्बतको भूकम्प नेपालमा जानेभन्दा ‘ठ्याक्कै अपोजिट’ किसिमको भएको उनले उल्लेख गरे । “साधारणतया भन्दाखेरि नेपालमा जाने भूकम्प जाँदा हाम्रा हिमालका चट्टानहरू दक्षिणतर्फ सर्छन् भने यो भूकम्पको चाहिँ उत्तरतर्फ चिप्लिन्छन्, उत्तरतर्फ सर्छ,” उनले भने ।

उनले अगाडि भने, “उत्तरतर्फबाट डाउन भएर, हाम्रोमा माथि आउँछ, त्यहाँचाहिँ तल जान्छ । उत्तरतर्फ तल जाने खालको यो भूकम्पचाहिँ ।”

भूकम्प जाने ठाउँअनुसार यसको प्रकृति पनि फरक हुन्छ । “नेपालभित्र करिब दुई सेन्टिमिटर इन्डियन प्लेट सर्छ, बाँकी दुई सेन्टिमिटरचाहिँ उत्तरतर्फ सर्छ, भनेको तिब्बततिर – त्योभन्दा माथि,” उनले भने, “लामो क्षेत्रमा भयो त्योचाहिँ । नेपालमा छोटो ठाउँमा भयो, तिब्बतमा लामो ठाउँमा भयो ।” 

भूकम्पको प्रकृति नै उत्तरतर्फ र यताको फरक हुने उनले स्पष्ट पारे । नेपालमा सञ्चित भूकम्पीय शक्ति तिब्बतको भूकम्पले नघटाउने उनले जानकारी दिए । “त्यो भूकम्पले हाम्रो नेपालमा असर गर्ने अथवा यहाँको शक्ति क्षीण गराउने, लैजाने भन्ने हुँदैन,” उनले भने ।

नेपालको पूर्व वा पश्चिमतर्फ सञ्चित भूकम्पीय शक्ति त्यसले कम गर्दैन । त्यसले नेपालमा भूकम्पको जोखिम घटाउँदैन ।

तिब्बतको उक्त क्षेत्र भूकम्पको जोखिम भएकै स्थान भएको उनले बताए । त्यो क्षेत्रमा सञ्चित शक्तिकै हाराहारीमा मंगलबारको भूकम्प गएको उनले जानकारी दिए ।

“भूकम्प जोखिम भएकै क्षेत्र हो । अहिलेलाई त्यो ठाउँको लागि त्यो भूकम्प करिबकरिब ठूलैजस्तो हो । त्यहाँ भएको स्टक्चरले लैजाने भूकम्प भनेको त्यति नै भूकम्प हो,” उनले भने ।

त्यसका परकम्प पनि मापन गरिँदै छ । ४ म्याग्निच्युडदेखि माथिका १० भन्दा बढी परकम्प रेकर्ड भइसकेको छ । “त्यो भूकम्पको परकम्प त्यही ठाउँमा आउने हो, नेपालमा आउने होइन,” उनले भने, “नेपालभन्दा माथि नै आइरहन्छन् ।”

भूकम्पविद् अधिकारीसित बाह्रखरीले गरेको टेलिफोन कुराकानी सुन्नोस्–

यो पनि पढ्नोस्–

भूकम्पविद्लाई प्रश्न– कहिलेसम्म आउँछ परकम्प ? ०४५, ०९० सालको पनि आउँदै छ ?

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, पुस २३, २०८१  १४:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro