site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
बलिउड नायिका राखी सावन्त विराटनगरमा, आज लाइभ कन्सर्ट

विराटनगर । बलिउडकी नायिका राखी सावन्त विराटनगर आएकी छन् । नयाँ दिल्लीबाट पश्चिम बंगालको बागडोग्रा विमानस्थल हुँदै उनी मंगलबार साँझ विराटनगर आईपुगेकी हुन् । अन्य कलाकारसँगै राखीले आज विराटनगरमा आफ्नो प्रस्तुति दिँदै छन् ।

विवाद र चर्चामा आईरहने नायिका सावन्तले हट आइटम डान्स गरेर विराटनगरबासीलाई मनोरञ्जन दिनेछिन् । सावन्त फरर्फमेन्स दिने गोपाल फन पार्कमा बुलेट इन्टरनेशनल म्युजिक फेस्टिभल २०१९ का संयोजक सलिम अन्सारीले जानकारी दिए । उनले भने,‘‘उहाँसँगै अन्य चर्चित भारतीय तथा नेपाली कलाकारको प्रस्तुति रहने छ ।’’ उनले पूर्वीक्षेत्रका मनोरञ्जन प्रेमी दर्शक स्रोतका लागि बलिउडका कलाकार ल्याएर कार्यक्रम गरिएको बताए । 

गोपाल फनपार्कमा ८ लाख रुपैयाँ खर्चिएर स्टेज निर्माण भएको छ । यसबाहेक अन्य सबै तयारी पूरा गरिएको छ । सँधै विवाद र चर्चामा रहने राखी सावन्तले नेपालको प्रकृति र यहाँका मानिसहरुको व्यवहार आफूलाई निकै मन पर्ने गरेको प्रतिक्रिया दिएको अन्सारीले बताए । 

पछिल्लो पटक भने बलिउड नायिका तनुश्री दत्तलाई गाली गर्दै सेक्स स्क्यान्डलमा फसेका नायक नाना पाटेकरलाई बचाउ गरेका कारण सावन्त सामाजिक सञ्जालमा चर्चामा छिन् । उनी विभिन्न समयमा हर्कत गरेर चर्चामा आउने नायिका हुन । 

सावन्तले बुधबार दुई पटक गरेर जम्मा २० मिनेट आइटम डान्स गर्नेछिन् । दुई इन्ट्रीमा हुने उनको आइटम डान्ससँगै इन्डियन आइडल २०१७ फेम मानषी भारद्वाज, मेघा कौर, सन्ध्या पौडेल, श्रेया गोयल, कुमकुम सिन्दे, मीरा लामा, सहिमा श्रेष्ठ, ज्याक आदि कलाकारले प्रस्तुति दिनेछन् । अन्सारीले भने,‘‘विरानगर आज बलिउडमय हुँदैछ । भरपुर मनोरञ्जन हुनेछ ।’’

राखी सावन्त सन् १९९७ मा रिजिल भएको फिल्म अग्नीचक्रबाट बलिउडमा पाइला चालेकी थिइन । खासगरी रियालिटी शो र लाइभ पर्फमेन्सको लागि उनको अधिक डिमान्ड हुनेगर्छ । सावन्त सलमान खानको रियालिटी शो बिगबोसको पहिलो सिजनमा सहभागी भई निकै चर्चा र विवादमा आएकी थिइन ।
 
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बुधबार, माघ १६, २०७५  ०८:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro