एजेन्सी । नेल्सन सेमेडोले स्पेनिस ला लिगामा पहिलो गोल गरेको दिन बार्सिलोनाले आइतबार राति जिरोनामाथी २ - ० बिजय हासिल गरेको छ ।
मोन्टेलिभी रंगशालामा पोर्चुगलका रक्षक सेमेडोले नवौं मिनेटमा भ्रमणकारी बार्सिलोनालाई अग्रता दिएका थिए । तर चार दिनअघि कोपा डेल रे क्वार्टरफाइनलको पहिलो लेगमा सेभियासँग २-० ले हारेको बार्सिलोना आफ्नो स्वाभाविक लयभन्दा धेरै कमजोर प्रदर्शन गरेको थियो । दोस्रो हाफ लगत्तै बर्नार्डोले दोस्रो पहेँलो कार्डको सामना गरेपछि दस खेलाडीमा सिमित भएको सेभियाले बरू गोलका अवसर सिर्जना गरेको थियो । तर गोलकिपर मर्क टेर स्टेगनले उत्कृष्ट बचाउ गरेपछी बार्सिलोना अग्रता कायम राख्न सफल भयो ।
लेगानेसलाई ३-१ ले हराउँदा बेन्चबाट गोल गरेका मेसीले ६८औं मिनेटमा अर्को गोल थपेपछी बार्सिलोनाको दबाब कम भएको थियो । मेसीलाई सेभियाबिरूद्ध खेलमा आरम दिइएको थियो । एलेक्स गार्सियबिरूद्ध फाउल गरेपछि पहेँलो कार्डको सामाना गरेका बार्सिलोनाका सर्जियो बुस्केटले भ्यालेन्सियाबिरूद्धको खेल गुमाउने भएका छन् । लिभरपुलबाट बार्सिलोना आएका फिलिप कौटिन्होले आइतबार पनि प्रभावशाली प्रदर्शन गर्न नसक्दा उनी फेरि सरूवा बजारमा चर्चाको बिषय बन्नेछन् ।
जितसंगै शीर्ष स्थानको बार्सिलोनाले लिगमा ५ अंकको अग्रता बनाएको छ । बार्सिलोनाले २१ खेलबाट ४९ अंक जोडेको छ । दोस्रो स्थानको एट्लेटिको मड्रिडको ४४ अंक छ । पराजित जिरोनाको २४ अंकका साथ १४औं स्थानमा छ। बार्सिलोनाले अब कोपा डेल रे कै खेलमा सेभिया बिरूद्ध खेल्नेछ भने जिरोनाले रियाल मड्रीडबिरूद्ध खेल्नेछ । जिरोना पहिलो लेगमा ४-२ ले पराजित भएको थियो ।