site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
पेलेरै चिकित्सा शिक्षा विधेयक पारित, कांग्रेसले भन्यो–अधिनायकवादी आकांक्षा
Sarbottam CementSarbottam Cement

काठमाडौं । चिकित्सा शिक्षा सुधार र यसअघि भएको सहमतिअनुसार विधेयक पारित हुनुपर्ने माग गर्दै १७ दिनदेखि सत्याग्रहमा बसेका डा. गोविन्द केसीको मागविपरित संसदले चिकित्सा शिक्षा विधेयक पारित गरेको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको नाराबाजीका बीचमा संसदले शुक्रबार चिकित्सा शिक्षा विधेयक पारित गरेको छ ।

राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ पारितका लागि शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले गरेको प्रस्ताव संसद्मा बहुमतले स्वीकृति गरेको हो । संसद्मा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको वेल घेराउ र नाराबाजीका बीच चिकित्सा शिक्षा विधेयक पारित भएको थियो ।
शुक्रबार नै नेपाली कांग्रेसको भ्रातृ संस्था नेबिसंघ, विवेकशील नेपाल दल लगायतका राजनीतिक दलले पनि संसद भवन बाहिर प्रदर्शन गरेका थिए ।  डा. केसीका माग पूरा गरेर मात्रै विधेयक पारित गर्न दबाब दिइएको भए पनि संसदमा प्रतिपक्षीलाई पेलेरै विधेयक पारित गरिएको थियो ।

बैठक सुरु हुनासाथ नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले आफूहरुको माग पूरा नभएसम्मका लागि सदन चल्न नसक्ने बताउँदै अवरोध कायमै रहने जानकारी दिएकी थिइन् । त्यसलगत्तै वेलमा ओर्लिएका कांग्रेस सांसदहरुले नाराबाजी जारी राखेका थिए ।
केहीबेरको नाराबाजीपछि सभामुख कृष्णबहादुर महराले शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई चिकित्सा शिक्षा विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न समय दिएका थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

मर्यादापालकको कडा सुरक्षाबीच मन्त्री पोखरेललाई सिटबाट रोष्ट्रममा पुर्याइएको थियो । सत्तापक्षका सांसदहरु पनि मन्त्री पोखरेलसँगै अघि बढ्न लागेका भए पनि सभामुखले सत्तापक्षका सांसदहरुलाई आ–आफ्नो स्थानमा रहन निर्देशन दिएका थिए ।
कांग्रेस सांसदहरुको विरोधका बीचबाटै कडा सुरक्षाका बीच मन्त्री पोखरेल रोष्ट्रममा पुगेका थिए ।

Global Ime bank

छलफल गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेपछि पारितको प्रस्ताव पनि प्रस्तुत भएको थियो ।  शिक्षा मन्त्री पोखरेलले विधेयक पारित गर्न गरेको प्रस्ताव बहुमतले स्वीकृत गरेको घोषणा सभामुखले गरेका थिए ।

कांग्रेसको विरोध 
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बहुमतका आधारमा संसदबाट पारित चिकित्सा शिक्षा विधेयकका विरुद्धमा सदन र सडकबाट आन्दोलन गर्ने उद्घोष गरेको छ । शुक्रबार प्रतिनिधिसभा बैठकबाट सरकारले पेलेरै चिकित्सा शिक्षा विधेयक पारित गरेपछि प्रतिपक्षी कांग्रेसले सदन र सडकबाट आन्दोलन गर्ने उद्घोष गरेको हो । 

कांग्रेस सभापति शेरबहादुर देउवाले संसद भवनमा बैठकलगत्तै सञ्चारकर्मीहरसँग प्रतिक्रिया दिँदै चिकित्सा शिक्षा विधेयकमाथि कुनै छलफल नै नगरेर सरकारले अंक गणितको बलमा पारित गरेको टिप्पणी गरे । “दुई तिहाइले अंक गणितको बल देखायो । एक पटक कुनै पनि संवाद गरेन,’’ उनले भने । 

\"\"

देउवाले दुई तिहाइको बलमा विधेयक पारित गरिएको प्रति सरकारको निन्दा गर्दै आज कांग्रेसले सदन र सडकबाट आन्दोलन गर्ने चेतावनी दिए । ‘‘यो अत्यन्तै भ्रत्र्सनायोग्य छ । निन्दा गर्न चाहन्छु,’’ उनले चेतावनीपूर्ण भाषामा भने, ‘‘संसदमा मात्रै होइन, बाहिर पनि हाम्रो विरोध कायमै रहन्छ ।’’ 

देउवाले कांगेसका पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा खुलेका अस्पतालहरलाई विघटनतर्फ लगेर सरकारले कांग्रेस नेताहरुको इतिहास मेट्ने दुष्प्रयास गरेको प्रतिक्रिया दिए । ‘‘कांग्रेस नेताको नाम मेट्न खोजेको छ । गिरिजाप्रसाद नभएको भए कहाँबाट गणतन्त्र आउथ्यो, कहाँबाट संविधानसभाको चुनाव हुन्थ्यो । सुशील कोइराला नभएको भए कहाँबाट संविधान बन्थ्यो ?’’ उनले प्रश्न गरे । 

कांग्रेसका युवा नेता गगन थापाले पनि सरकारले शुक्रबार संसदमा देखाएको व्यवहारको परिणाम आगामी दिनमा थाहा पाउने चेतावनी दिए । ‘‘समाजवाद ल्याउने सरकारले सरकारी शिक्षा बलियो हुनुपर्छ भन्ने मागलाई कुल्चेर विजय उत्सव मनाएको छ । सरकारलाई बधाई छ,’’ संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै उनले भने, ‘‘यसका विरुद्धको लडाई नेपाली कांग्रेसले संसदमा लड्छ । यसको प्रतिक्रिया सरकारले आउने दिनमा थाहा पाउँछ ।’’

थापाले बहुमतको बलमा चिकित्सा शिक्षा विधेयक पारित गरेको घटना सरकारलाई महंगो सावित हुने दाबी गरे । ‘‘सरकालाई यो अत्यन्तै महंगो पर्छ । कांग्रेसलाई जसले जिस्कायो त्यो सकिएको छ । इतिहास फेरि दोहोरिन्छ’’ युवा नेता थापाले भने ।  

प्रतिपक्षी दलको विरोधका बीच चिकित्सा शिक्षा विधेयक पारित गरेर सरकारले निषेधको राजनीति गरिहरेको पुष्टि गरेको उनको भनाइ थियो । ‘‘विधेयक पारित गरेर सरकारले संसदमा उभिरहेको प्रतिपक्षलाई त निषेध गर्छु भन्ने देशैभर एउटा सन्देश दिन खोजेको छ,’’ थापाले भने, ‘‘मसँग दुई तिहाइ छ । यो जो मसंँग रहन्छ, रहन्छ । विरोध गर्ने वा असहमति राख्नेलाई म चिन्दिन, म मान्दिन, गन्दिन भन्ने सन्देश हो । सरकारले निषेधको राजनीति जसलाई हामीले अहिलेसम्म भन्दै आएका थियो, आज उसले पुष्टि गरेको छ ।’’ 

\"\"

नेता थापाले सभामुख कृष्णबहादुर महराले प्रतिपक्षी कांग्रेसलाई जालझेल गरेको आरोपसमेत लगाए । ‘‘सभामुखले आग्रहबाट मुक्त भएर व्यवहार गर्न सक्नुभएन त भनेका थियौं नै तर आजबाट थप कुरा भन्नुपर्ने भएको छ, जालझेलपूर्ण काम गर्नुभएको छ,’’ उनले भने, ‘‘छलफल गर्न बोलाएर आज म सकेसम्म निकास निकाल्छु । तपाईंहरुको विरोध भयो भने म सदनलाई अगाडि बढ्न दिन्न भन्ने सन्देश हामीलाई प्रवाह गरेर सदनमा आएर बैठक सुरु भए पछाडि जालझेल गरेर सरकारको एउटा अंग जस्तो, आदेश पालक जस्तो व्यवहार देखाउनुभएको छ ।’’ 

कांग्रेस नेता थापाले विधेयक पास गर्न सरकारभन्दा पनि बढी हतार सभामुख महरालाई भएको दाबी गरे । उनले शुक्रबार संसदमा भएको कारवाहीलाई दुर्भाग्यपूर्ण भनेका छन् । 

‘‘आज जे भयो सदनमा दुर्भाग्यपूर्ण भयो । दुई तिहाई भएको सरकारले आज कसका विरुद्धमा विधेयक पारित गर्यो ? कि नेपालमा चिकित्सा शिक्षा बलियो हुनुपर्छ, चिकित्सा शिक्षामा पूर्णरुपमा सरकारको जिम्मेवारी हुनुपर्छ भन्ने मागलाई कुल्च्यो ।’’ 

यसैबीच कांग्रेस संसदीय दलको आकस्मिक बैठकले आन्दोलनका कार्यक्रम झनै सशक्त बनाउने निर्णय गरेको छ ।
यस्तो छ विज्ञप्ति 

माघ ११, २०७५ 
प्रेस विज्ञप्ति

सरकारलाई दबाब दिन प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसदमा गरेको विरोध कायम रहेकै अवस्थामा संसदबाट जबरजस्ती चिकित्सा शिक्षा विधेयक पारित गरेको सन्दर्भमा नेपाली कांग्रेस संसदीय दलको नेता माननीय शेरबहादुर देउवाको अध्यक्षतामा बसको संसदीय दलको आकस्मिक बैठकले निम्न बमोजिम निर्णयहरु गरेको छ । 

१    संसदीय मर्यादा कायम राख्न सभामुखबाट सदा निष्पक्ष एवं विवेकपूर्ण भूमिकाको अपेक्षा रहन्छ । संसदीय अभ्यासमा सभामुख सत्ता सामु निरिह हुन सक्दैन । निष्पक्षता र निर्भिकताबाट मात्रै संसदीय मर्यादा कायम रहन्छ । स्थापित नजिर र परम्परा जोगिन्छ, लोकतान्त्रिक अभ्यास पुष्ट हुन्छ । तर संसदको आजको बैठकमा सम्माननीय सभामुखको भूमिका यस्तो अपेक्षा विपरित हुन पुग्यो । यो दुर्भाग्यपूर्ण हो । संसदलाई सत्ताको शक्तिको लाचार छायाँ बनाउन खोज्ने प्रयत्न नेपाली कांग्रेस निम्ति स्विकार्य छैन ।  संविधानको मर्म र भावना, लोकतान्त्रिक मूल्य संसदको मर्यादा कायम राख्न हाम्रो संघर्षलाई अझ सशक्त बनाउने निर्णय गर्दछ । 
२    तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा सरकारले जारी गरेको चिकित्सा शिक्षा अध्यादेश अनुरुप नै वर्तमान सरकार आफैले डा. गोविन्द के.सी.सँग गरेको सम्झौतालाई आफै संसदमा प्रस्तुत गरी अनुमोदन गराएको हो । तर यसको ठिक विपरित षड्यन्त्रमूलक ढंगबाट अर्को विधेयक संसदबाट बलजफ्ती पारित गराउने  कार्यप्रति गम्भीर आपत्ती छ । यस कार्यबाट सरकारको निरङ्कुश कार्यशैली एवं गैरजिम्मेवारी चरित्र जनता सामु उदाङ्गो भएको छ । यो विधेयक सच्चाउन नेपाली कांग्रेस संसद भित्र र बाहिर पनि क्रियाशिल रहने छ ।  
३    जनताको दैनिक जीवन सँग प्रत्यक्ष सरोकार राख्ने सुलभ तथा सरल स्वास्थ्य शिक्षा एवं सेवाको सुनिश्चितताका लागि सत्याग्रहको माध्यमबाट अनवरत संघर्ष गर्दै अजा १७ औं दिन सम्म अनसनरत डा. गोविन्द के.सी.को जीवन रक्षाका लागि नेपाल सरकारसँग जोडदार माग गर्दछ ।  
४    २०४० देखि २०७३ सम्म विभिन्न समयमा विकास समिति (गठन) आदेशबाट गठन भई आम नागरिकको स्वास्थ्य सेवामा क्रियाशिल एघार स्वास्थ्य संस्थालाई संघ (केन्द्र) अन्तर्गत राख्ने प्रस्ताव स्वास्थ्य मन्त्रालयबाट मन्त्रिपरिषद्मा पेश हुँदा सरकारले गैरजिम्मेवार र पूर्वाग्रहपूर्ण तवरले जी.पी. कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र, शुक्लागण्डकी –५, वेलचौतारा, तनहुँ र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, नेपालगञ्ज, बाँकेलाई मात्र हटाएर वाँकी नौ वटालाई संघ अन्तर्गत रहने गरी निर्णय गरियो । श्वासप्रश्वास जस्तो गम्भीर स्वास्थ्य समस्याको उपचारमा गण्डकी प्रदेशमा क्रियाशील जी.पी. कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र तथा प्रदेश नं. ५ र छिमेकका क्षेत्रमा क्यान्सर उपचार सेवा पु¥याउने सुशील कोइराला प्रखर क्यान्सर अस्पताललाई सरकारले विघटनको संघारमा पु¥याएको छ । राजनीतिक पूर्वाग्रहबाट प्रेरित जनस्वास्थ्य विरोधी सरकारको यो कार्यप्रति नेपाली कांग्रेसले गर्दै आएको आफ्नो विरोधका कार्यक्रमलाई अझ सशक्त बनाउन निर्णय गर्दछ । 


बालकृष्ण खाण
प्रमुख सचेतक

तर सत्तारुढ दल नेकपाका नेता योगेश भट्टराईले डा. केसीकै शतप्रतिशत जित भएको दाबी गरे । उनले विधेयक पारित भएपछि प्रतिक्रिया दिँदै डा. केसीको सत्याग्रहले जितेको बताएका हुन् ।

\"\"

“हामी यहीँबाट भन्न चाहन्छौं । डा. केसी तपाईँ अनशनबाट उठेर काममा जानुहोस् । तपाईँको अनशनले जितेको छ । यतिमात्रै होइन, अब डा. केसी कहिल्यै अनशन बस्नुपर्दैन । उहाँको नाममा राजनीति गर्ने समय पनि सकियो ।”
उनले विधेयक पारित गर्दा सबै दलको सहमतिमा गर्ने अपेक्षा गरिएको भए पनि त्यसो हुन नसकेको बताए ।  “यो विधेयक पास गरेर नेपालका विद्यार्थी र जनतालाई फाइदा भएको, घाटा भएको छ भने विदेशी व्यापारीलाई भएको छ,” उनले भने ।

अनसन फिर्ता लिएर विधेयक कार्यान्वयन गर्न सघाउनुहोस्

शिक्षामन्त्री गिरिराजमणि पोखरेलले अनसनरत डा. गोविन्द केसीलाई शुक्रबार पारित भएको चिकित्सा शिक्षा विधेयक कार्यान्वयन गर्न सघाउन आग्रह गरेका छन् । कांग्रेसको अवरोधका बीच चिकित्सा शिक्षा विधेयक पारित भएपछि प्रतिक्रिया दिँदै विधेयक चिकित्सा शिक्षा सुधारको कडी भएको बताए ।

\"\"

डा. केसीसँग यसअघि भएको सम्झौताअनुरूप नै विधेयक आएको बताउँदै उनले गोविन्द केसीलाई धन्यवाद समेत दिए । “विधेयकले काठमाडौंमा दश वर्षसम्म मेडिकल कलेज खोल्न नपाउने, दश वर्षपछि मेडिकल शिक्षालाई गैरनाफामुलक, सेवामुलक बनाउनेछ,” उनले विधेयकको सकारात्मक पाटोबारे प्रकाश पारे ।

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ ११, २०७५  १७:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC