site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
दुई उमेर समूहका भारतीयलाई नेपाल आउने कागजातको सूचीमा अब आधार कार्ड पनि
Sarbottam CementSarbottam Cement

नयाँ दिल्ली । भारतको गृहमन्त्रालयले आफ्नो देशका ६५ वर्ष भन्दा माथिका बृद्धबृद्धा र १५ वर्ष मुनिका बालबालिकालाई नेपाल र भुटान भ्रमणका लागि आधार कार्ड आधिकारिक ट्राभल डकुमेन्ट (यात्रा कार्ड) भएको जनाएको छ । उक्त दुई उमेर समूहका बाहेक अन्यका हकमा भने आधार कार्ड प्रयोग गरेर मात्रै ती दुई मुलुकमा भ्रमण गर्न नपाउने गृहको आन्तरिक सर्कुलरमा जनाइएको छ । 

ती दुई देशको भ्रमणमा जाने भारतीयलाई आधिकारिक पासपोर्ट भएको अवस्थामा भीषाको जरुरत नपर्ने गृहको सर्कुलरमा उल्लेख छ । त्यसमा फोटोसहितको परिचयपत्र वा भारतको निर्वाचन आयोगले जारी गरेको मतदाता परिचयपत्र भए हुने उल्लेख गरिएको छ । यसअघि ६५ वर्ष भन्दा माथिका भारतीयले प्यान कार्ड, ड्राइभिङ लाइसेन्स, केन्द्रीय सरकारको स्वास्थ्य सेवा सम्बन्धी कार्ड (सीजीएचएस) वा रासन कार्ड प्रयोग गरिने गरेको थियो । अहिले आधार कार्डलाई पनि सूचीमा समावेश गरिएको गृह मन्त्रालयका बरिष्ठ अधिकारीले जनाएका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

‘‘अहिले ६५ वर्ष भन्दा माथि र १५ वर्ष मुनिका व्यक्तिलाई आधार कार्डपनि यात्रा कागजातका रुपमा प्रयोग गर्न दिने अनुमति भएको छ’’ गृहका ती अधिकारीले भनेका छन् ।

आधार कार्ड १२ डिजिटको युनिक परिचयपत्र हो जुन युनिक आइडेन्टीफिकेसन अथोरिटी अफ इण्डिया (यूआइडीएआइे)ले जारी गरेको हो । उक्त निकाय सन् २००९मा स्थापना भएको हो । यसको प्रयोगलाई अब अनिवार्य गरिँदैछ । ती अधिकारीका अनुसार भारतको काठमाडौंस्थित दूतावासद्वारा जारी गरिएको सर्टिफिकेट अफ रजिस्ट्रेसन नेपाल र भारत भ्रमणका लागि आधिकारिक कागजात होइन । 

Global Ime bank

यद्यपि आपतकालीन अवस्थामा भने त्यसकोसमेत प्रयोग एक मात्र गन्तव्यका लागि गर्न सकिने जनाइएको छ । १५ देखि १८ वर्ष उमेर समूहका किशोरकिशोरीलाई भने उनीहरु पढ्ने शैक्षिक संस्थाको प्रिन्सिपलले तोकिएको फर्ममा जारी गरेको परिचयपत्रका आधारमा भ्रमण अनुमति मिल्ने जनाइएको छ । परिवारको हकमा जस्तो पति,पत्नी,साना केटाकेटी र आमाबाबुसँगै भ्रमण गरेको अवस्थामा सबै व्यक्तिले सम्बद्ध कागजात बोक्न आवश्यक नरहेको बताइएको छ । सबैसँग पासपोर्ट वा मतदाता परिचयपत्र नचाहिने र भ्रमणमा भएका मध्ये कुने प्रौढ व्यक्तिसँग त्यस्तो सामग्री भए हुने व्यवस्था गरिएको छ । 

यद्यपि अन्य सदस्यहरुसँग पनि उनीहरुको फोटो भएको कुनै आधिकारिक परिचयपत्र भने चाहिनेछ । त्यसमा उनीहरुको परिवारको सदस्य भएको खुल्नुपर्नेछ । सीजीएचएस कार्ड, रासन कार्ड, ड्राइभिङ लाइसेन्स वा स्कूल तथा कलेजबाट जारी गरिएको आइडी कार्ड चाहिने छ । 

यसैगरी भुटान भ्रमण गर्न चाहने भारतीयलाई भारतीय पासपोर्ट कम्तिमा ६ महिना म्याद रहेको हुनुपर्ने वा मतदाता परिचयपत्र हुनुपर्नेछ । भारतको सिक्किम, आसाम, अरुणाञ्चल र पश्चिम बंगालसँग सीमा जोडिएको भुटानमा जलविद्युत र निर्माणको क्षेत्रमा करिब ६० हजार भारतीयहरु कार्यरत छन् । यसबाहेक सीमा क्षेत्रमा ८ देखि १० हजार भारतीयहरु दैनिक कामका लागि भुटान आउने जाने गर्छन् । करिब ६ लाख भारतीयहरु नेपालमा बस्ने गरेको भारतको गृह मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।  त्यसमा व्यापारीहरु पनि छन् जो लामो समयदेखि नेपालमा बस्दै आएका छन् । व्यवसायीहरु (चिकित्सक, इन्जिनियर, आईटी पर्सन) लगायतका मानिस त्यो सूचीमा रहेका छन् । त्यसैगरी, श्रमिकहरु जो मौसमी रुपमा जाने आउने गर्ने तथा उतै बसाई सराइ गरेका पनि छन् । उनीहरु निर्माण क्षेत्रमा कार्यरत रहेको गृह मन्त्रालयको भनाइ छ । नेपालसँग भारतको सीमा १८५० किमी रहेको छ । नेपालसँग सिक्किम, पश्चिम बंगाल, बिहार, उत्तर प्रदेश र उत्तराखण्डको सीमा जोडिएको छ । (पीटीआई)


 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ ७, २०७५  ०७:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC