site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कांग्रेसले सङ्गठन सुदृढीकरण अभियान शुरु गर्ने
Sarbottam CementSarbottam Cement

चितवन । नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले माघ १० गतेको केन्द्रीय समितिको बैठकपछि सङ्गठन सुदृढीकरण अभियान सञ्चालन गर्ने बताएका छन् ।  

नेपाल शिक्षक सङ्घ भरतपुर महानगर कार्यसमितिको प्रथमसभालाई शनिबार सम्बोधन गर्दै उनले महासमिति बैठकपछिको एकतालाई तल्लो तहसम्म पुर्याउनका लागि सङ्गठन सुदृढीकरण अभियान सञ्चालन गर्न लागेको बताए ।  

Prabhu Bank
Agni Group
NIC Asia

अभियानअन्तर्गत सदस्यता वितरण र प्रशिक्षण कार्यक्रम गरिने बताउँदै उनले यसले गर्दा सङ्गठन चलायमान हुने धारणा व्यक्त गरे । सहमहामन्त्री डा महतले कांग्रेसले आफूले गरेका कामको प्रचार गर्न नसक्दा निर्वाचनमा हार बेहोर्नुपरेको उल्लेख गर्दै कामको प्रचारलाई प्राथमिकतामा राख्न कार्यकर्तालाई आग्रह गरे ।  

शिक्षकमा अहिले ठूलो अन्यौलता छाएको बताउँदै उनले क्षमतावान् शिक्षक पनि राजनीतिक प्रतिशोधको शिकार बन्ने खतरा बढेकाले पार्टीले त्यस्तो हुन नदिइने धारणा व्यक्त गरे ।  रासस 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ ५, २०७५  १५:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC