अर्थ व्यवसाय
काठमाडौं । छिमेकी चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाले नेपाललाई सहयोग गर्ने मुख्य ५ वटा (टप फाइभ) दाताको सूचीबारेमा समाचार बनाएको छ । सो सूचीमा बेलायत, अमेरिका र जापान परम्परागत रुपमा नै नेपालका मुख्य दाता रहेको र चीन तथा भारत पछि त्यो सूचीमा प्रवेश गरेको जनाइएको छ ।
नेपालको अर्थ मन्त्रालयलाई उद्धृत गर्दै समाचारमा जनाइएअनुसार गएको आर्थिक वर्षमा चीनले नेपाललाई कूल वैदेशिक सहयोगको ३ दशमलब ६ प्रतिशत योगदान गरेको जनाइएको छ । यस्तै अमेरिकाबाट बहुपक्षीय र दुईपक्षीय दातामार्फत नेपाललाई गएको आर्थिक वर्षमा १ दशमबलब ६ बिलियन डलर उपलब्ध भएको समाचारमा जनाइएको छ ।
(सिन्ह्वाको समाचारमा आधारित)
प्रकाशित मिति: शुक्रबार, माघ ४, २०७५ ०७:५८
प्रतिक्रिया दिनुहोस्