site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
शिक्षकलाई विदाई गर्न १० अर्ब चाहिने,  आधा रकम जुट्नै बाँकी
Sarbottam CementSarbottam Cement

काठमाडौं । अस्थायी शिक्षक परीक्षाको सम्पूर्ण तहको नतिजा प्रकाशन सकेर अन्तर्वार्ता लिने प्रकृया शुरु भएको छ । तर, अनुत्तीर्ण र गोल्डेन हयान्डसेक रोजेका शिक्षकको विदाइकालागि भने हालसम्म रकमको जोहो हुन सकेको छैन ।

शिक्षक विदाइका लागि शिक्षा मन्त्रालयले रकमको व्यवस्थापन गर्न नसकेको बुझिएको छ । शिक्षक सेवा आयोगका सूचना अधिकारी रामराज खकुरेलले सबै तहको नतिजा र पुर्नयोगको नतीजा प्रकाशनको काम सकेर अन्तवार्ताको प्रकृयामा गइसकेको जानकारी दिए । 

Prabhu Bank
Agni Group
NIC Asia

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गोल्डेन हेन्डसेक प्रदान गर्नकालागि ५ अर्ब २५ करोड रुपैयाँको व्यवस्था गरेको छ ।  शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक बाबुराम पौडेलले केन्द्रले  मन्त्रालयसँग १० अर्ब रुपैयाँको प्रस्ताव गरेको जानकारी दिए । 

उनले मन्त्रालयसँग ५ अर्ब २५ करोड रुपैयाँको व्यवस्था रहेको बताउँदै भने,‘‘ यति धेरै संख्यामा शिक्षकहरु अनुत्तीर्ण हुने अनुमान गरिएको थिएन । अहिलेको अवस्था हेर्दा १० अर्बले समेत अपुग होला कि भन्ने शंका छ । यद्यपि अन्तर्वार्ता सक्दाको अन्तिम अवस्थासम्म सकभर रकम व्यवस्थापन हुनेछ  ।’’

Global Ime bank

महानिर्देशक पौडेलले भने,  “नतिजा प्रकाशन भएको अन्तिम मितिबाट नै गोल्डेन ह्यान्डसेक प्रदान गर्न सुरु गर्छौं । त्यसअवधिमा पैसा व्यवस्थापनको सबै काम सक्छौं । ”   उनले जो पहिले नै परीक्षामा बस्दिनँ भन्दै गोल्डेन हयान्डसेक रोजेर बसेका थिए उनीहरुलाई  पहिलो प्राथमिकताम राखिएको बताए ।

त्यसपछि जो पहिले आयो त्यसलाई सुविद्या दिने हिसाबले तयारी भइरहेको उनको भनाई थियो । उनले १० अर्ब माग्दा सबैलाई पुग्ने अपेक्षा गरिएको बताउँदै भने,‘‘ तत्कालै उपलब्ध भयो भने सबैलाई एकैपटकमा पु¥याउन पनि सकिन्छ । ’’ 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ ४, २०७५  ०७:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC