site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सहकारीबाट अवैध हुण्डी कारोबार, साढे ६९ लाखसहित तीन जना पक्राउ

विराटनगर । प्रहरीले विराटनगरमा  ६९ लाख ५७ हजार ६ सय रुपैयाँसहित हुण्डी कारोबारमा संलग्न तीन जनलाई पक्राउ गरेको छ । उनीहरुले सहकारीको आडमा अवैध रुपमा पैसा बाहिर पठाउने र भुक्तानी दिने गरेको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले विराटनगर महानगरपालिका– ७ स्थित आस्था नेपाल बहुउद्देश्य सहकारी संस्थाबाट अवैध हुण्डी कारोबारमा संलग्न रहेका ३ जनालाई आइतबार पक्राउ गरेको हो । पक्राउहरू विराटनगर ७ बस्ने वर्ष ३२ को राजेश हेडा, विराटनगर ११ बस्ने वर्ष २५ को सुमित साह र विराटनगर १२ बस्ने वर्ष ४१ को दिपककुमार कर्ण छन् ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

पक्राउ परेका व्यक्तिहरूमध्ये राजेश हेडा सोही सहकारी संस्थाको अध्यक्षसमेत रहेको जिल्ला प्रहरीका प्रवक्ता डिएसपी घनश्याम श्रेष्ठले बताए । भने,‘‘निजको कार्यकक्षबाट नगद रू. ५९ लाख ७ हजार ६ सय बरामद गरिएको छ ।’’ बरामद रकम श्रोत नखुलेको अवस्थामा बरामद गरिएको श्रेष्ठको दाबी छ । हेडाले उक्त सहकारी संस्थाको आडमा हुण्डी कारोवार गर्दै आएको प्रारम्भिक सोधपुछको क्रममा खुलेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उक्त सहकारी संस्थामा सुमित साहको साथबाट ९ लाख ५० हजार रुपैयाँ बरामद भएको छ । निजले उक्त रकम राजेश हेडाबाट बुझी लान लागेको अवस्थामा बरामद भएको बताइएको छ । उक्त सहकारी संस्थाका प्रबन्धक दिपककुमार कर्णलाई समेत अनुसन्धानको क्रममा पक्राउ गरिएको प्रहरीको भनाइ छ । उनीरूलाई थप अनुसन्धान तथा कारवाही राजश्व अनुसन्धान विभाग ईटहरीबाट हुने डिएसपी श्रेष्ठले जानकारी दिएका छन् । 

यसैगरी ईलाका प्रहरी कार्यालय हरैचा मोरङबाट खटिएको प्रहरी टोलीले केही सार्वजनिक अपराध मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरी सम्मानित जिल्ला अदालत मोरङमा बुझाईएको छ  ।  

इप्रका रानीबाट खटिको टोलीले मालसामान, लत्ता कपडा, भाडा वर्तन र गाडीका पार्टपुर्जा गरी अन्दाजी मूल्य रू. १ लाख ९८ हजार ७ सय ७५ बराबरको सामान बरामद गरी आवश्यक कारवाहीको लागि भन्सार कार्यालय रानीमा बुझाइएको जनाइएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस २९, २०७५  २२:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro