site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
भियनामा आकर्षक नेपाल
Sarbottam CementSarbottam Cement

काठमाडौं ।  अस्ट्रियाको भियनामा चार दिनसम्म चलेको पर्यटन मेला ‘फेरेन मेस्से विन’ मा रहेको नेपाली स्टलले अधिकांश आगन्तुकको ध्यान खिचेको छ । 

नौ वर्गमिटर क्षेत्रफलको नेपाली स्टलले मेलामा आएका धेरैलाई विश्वको सर्वोच्च शिखर सगरमाथा र अन्य अग्ला हिमालको देश नेपाल भनेर चिनाउन सफल भएको पर्यटन बोर्डले जानकारी दिएको छ । फेरेन मेस्से विन अस्ट्रियाकै सबैभन्दा ठूलो पर्यटन मेला हो ।

Prabhu Bank
Agni Group
NIC Asia

पर्यटन बोर्डका अनुसार सन् २०२० को नेपाल भ्रमण वर्षमा २० लाख पर्यटक ल्याउने लक्ष्य लिई बोर्डले नयाँ बजारमा मेला तथा अन्य प्रवद्र्धनात्मक अभियानमा अझ सशक्त सहभागिता जनाइरहेको छ र अस्ट्रियामा पहिलो पटक भाग लिइएको हो । अस्ट्रिया पनि हिमाली देश भएको र अस्ट्रियनलाई पदयात्रा र हिमाल आरोहणलगायत साहसिक क्रियाकलापमा धेरै रुची भएका कारण नेपालप्रति विशेष लगाव देखिएको थियो । 

नेपाली स्टलमा नयाँ पदमार्ग, मौसम र नेपाल पुग्ने रुटबारे प्रश्न सोधिएको थियो भने सगरमाथा आरोहण गरिसकेका आरोहीसमेत स्टलमा आएर नेपालको अभियानमा साथ दिएको बोर्डले जनाएको छ । नेपाल भ्रमण गरिसकेकाहरू आफ्ना साथी, परिवारका सदस्यका साथ आएका थिए भने फेरि नेपाल जान चाहेको बताइरहेका थिए । ट्राभल एजेन्ट्स तथा नेपाल जान चाहने पर्यटकको उल्लेख्य सहभागिता रहेको नेपाली स्टलमा बोर्डले नेपालको नक्सा, पोस्टर, कार्ड ड्राइभ, किरिङ वितरण गरेको थियो ।

Global Ime bank

अस्ट्रियाका लागि नेपाली राजदूत प्रकाशकुमार सुवेदी र अन्य कर्मचारीले पनि नेपाल स्टलमा आएर जिज्ञासुलाई नेपालबारे जानकारी दिँदै नेपाल जान निम्तो दिएका थिए । मेलामा पर्यटन बोर्डका वरिष्ठ अधिकृत सुधन सुवेदी र कुन्दन शर्मा मिश्र तथा एक्स्प्लोर नेपाल ट्राभल एन्ड एडभेन्चरको सहभागिता थियो । 


 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस २९, २०७५  १८:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC