site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
विश्व बैंकको अध्यक्षमा ट्रम्पकी छोरी इभान्का की पूर्वराजदूत हेली ?
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

वाशिङटन । संयुक्त राष्ट्र संघका लागि पूर्व अमेरिकी राजदूत निकी हेली र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी छोरी इभान्का ट्रम्प मध्ये एक जना खाली रहेको विश्व बैंकको अध्यक्ष पदमा नियुक्त हुने तयारी भइरहेको अमेरिकी सञ्चार माध्यमले जनाएका छन् । सो बैंकका अध्यक्ष जीम योङ किमले गएको सोमबार राजीनामा दिएका थिए ।

उनले आउँदो फेब्रुवरी महिनादेखि लागू हुने गरी राजीनामा दिएका हुन् । फाइनान्सीयल टाइम्सले दिएको समाचार अनुसार अहिले दुई महिला सो पदको प्रमुख दावेदारका रुपमा रहेका छन् ।   राष्टसंघका लागि अमेरिकी राजदूत हेलीले  गएको महिना मात्रै जागीर छोडेकी थिइन् । इभान्कापनि सन् २०१७मा महिलाहरुको व्यवसायलाई प्रवद्र्धन गर्ने अभियानलाई लिएर  विश्व बैंकसँग जोडिएकी थिइन् । तर, सरकारी अधिकारीहरुले भने अध्यक्ष पदका लागि संभावित थुप्रैको नाम आएपनि अहिले नै यसै भन्न नसकिने जनाएका छन् । ‘‘हामीले आन्तरिक पुनरावलोकनको काम गरिरहेका छौं’’ उनीहरुको कथन रहेको छ ।  

अमेरिका विश्व बैंकको  ठूलो शेयरहोल्डर भएको नाताले उसले नै यसको अध्यक्ष पदमा नियुक्त गर्ने अलिखित सहमति रहँदै आएको छ ।   दोस्रो विश्वयुद्धपछि स्थापना भएको यो बैंकको सन् २०१२मा अध्यक्ष चयन गर्दा पनि निकै प्रतिस्पर्धा भएको थियो । विश्व बैंकले आगामी अप्रीलको मध्य सम्ममा नयाँ अध्यक्ष चयन भइसक्ने जनाएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस २९, २०७५  ०७:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC