site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
वुमन ट्वान्टी–२० स्म्यासमा नेपालको विजय सुरुआत, चिन १० विकेटले पराजित
Sarbottam CementSarbottam Cement

काठमाडौं । उपकप्तान सिता रानामगर र काजल श्रेष्ठले उत्कृष्ट सुरुवात गरेपछि नेपाल वुमन ट्वान्टी–२० स्म्यासको पहिलो खेलमा चिनमाथि १० विकेटको बिजय भएको छ । ४९ रनको झिनो लक्ष्यसहित जवाफी ब्याटिङ थालेको नेपाल ८ दशमलब ४ ओभरमा लक्ष्य भेट्टाउन सफल भयो । 

नेपालको जितमा उपकप्तान सितामगरले २४ रन बनाउँदा काजल श्रेष्ठले १४ रन बनाइन् । २५ बलको सामना गरेकी सिताले ३ चौकाको मदतमा २४ रन बनाएकी हुन् । यसअघि एशियन इष्टिच्युट अफ टेक्लोलोजीको मैदानमा टस हारेर ब्याटिङ गरेको चिनले निर्धारित ओभरमा ६ विकेटको क्षतिमा ४८ रन बनाएको थियो । करुणा भण्डारी र नेरी थापाले  कसिलो बलिङ गरेपछि चिनका ब्याटस्वुमनले गतिलो रन बनाउन सकेन् । 

Prabhu Bank
Agni Group
NIC Asia

झांङ चानले १३ रन बनाउँदा वाङ लुवान्याउले ८ तथाहिन लीलीले ३ तथा ली होयो ७ रन बनाइन् । करुणाले ३,नेरीले २ तथा उपकप्तान सिता मगरले १ विकेट लिएकी थिइन् । थाइल्याण्डमा आजदेखी सुरु भएको स्याम्समा उत्कृष्ट सुरुवात गरेको नेपालले समुहको दोस्रो खेल आइतबार मलेशियासंग खेल्नेछ । ३० गते युएईसँग खेल्ने नेपालले समूहको अन्तिम खेल माघ २ गते थाइल्याण्ड ए सँग खेल्नेछ । 

समूहका शीर्ष दुई टोलीले सेमिफाइनल खेल्नेछन् । फागुनमा हुन गइरहेको आइसीसी महिला ट्वान्टी–२० विश्वकप छनोटको तयारी स्वरुप थाइल्याण्डले स्म्यासको आयोजना गरेको हो । बिनोद दासको प्रशिक्षणमा रहेको नेपाली टोली शुक्रबार मात्र थाइल्याण्ड गएको थियो । 

Global Ime bank


 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस २८, २०७५  ११:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC