site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
निजी विद्यालयलाई आगामी १० वर्षभित्र सार्वजनिक गुठीमा रुपान्तरण गर्ने प्रस्ताव
Sarbottam CementSarbottam Cement

काठमाडौं । उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले निजी विद्यालयलाई आगामी १० वर्षभित्र सार्वजनिक गुठीमा रुपान्तरण गर्नेसहितको अन्तिम प्रतिवेदन तयार गरेको छ ।

आयोगले कम्पनीको  स्वामित्वमा रहेका नाफामूलक निजी विद्यालयलाई आगामी ७ वर्षभित्र सामुदायिक विद्यालय अथवा गैरनाफामुलक सार्वजनिक गुठीमा रुपान्तरण गर्ने नीति अपनाइने प्रारम्भिक मस्यौदामा उल्लेख गरेको भएपनि अहिले समयावधी बढाइएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

राष्ट्रिय सम्मेलनमा प्रस्तुत मस्यौदाको विरोधमा केही निजी विद्यालयका सञ्चालकहरुले आपत्ति जनाएपछि भने ७ वर्षको अवधिलाई ३ वर्ष थप गरेर १० वर्ष बनाइएको मन्त्रालय स्रोतले जानकारी दियो ।

प्रारम्भिक मस्यौदामा गैरनाफामुलक सामुदायिक गुठीमा रुपन्तरित भएका निजी विद्यालयलाई शिक्षक तालिम, भूमिकर, गाडी, सूचना प्रविधि सामग्री र कम्प्युटरको भन्सारमा महशुल र आयकरमा ५० प्रतिशत छुट दिने उल्लेख गरिएको छ  । त्यस्ता निजी विद्यालयहरुले विदेशी विद्यार्थी र उच्चमध्यम बर्गका विद्यार्थीको हकमा तोकिएको शुल्क लगाउन सक्नेपनि उल्लेख छ ।

Global Ime bank

स्रोतका अनुसार माध्यमिक शिक्षालाई वि.सं. २०८५ भित्र सबैका लागि अनिवार्य र निःशुल्क बनाउने उद्देश्यको आधारमा १० वर्षभित्र निजी विद्यालयलाई सार्वजनिक गुठीमा रुपान्तरण गर्ने नीति अपनाउन लागिएको हो । यही साता प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाउने तयारी रहेको स्रोतले जनाएको छ ।
   

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस २६, २०७५  ०८:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC