site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
निर्मला हत्याको छलफलका लागि संसदमा संकल्प प्रस्ताव दर्ता
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौलाले कञ्चनपुरकी १३ वर्षिया किशोरी निर्मला पन्तको बलात्कारपछि भएको हत्या घटनाबारे छलफलका लागि प्रतिनिधिसभामा सार्वजनिक महत्वको संकल्प प्रस्ताव दर्ता गराएकी छिन् । 
उनले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ८४ बमोजिम निर्मलाको बलात्कारपछि भएको हत्या घटनाका बारेमा छलफलका लागि संकल्प पेश गर्ने अनुमतिका लागि प्रतिनिधिसभामा प्रस्ताव दर्ता गरेकी हुन् । 
निर्मला हत्याकाण्डको चौतर्फी दवावका बाबजुत सरकारले तथ्यलाई बाहिर ल्याउन नसक्नु अत्यन्तै खेदजनक भएको संग्रौलाको प्रस्तावमा उल्लेख छ । घटनाले सरकारको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा नै बदनाम भइरहेको दाबी गर्दै उनले कम्युनिष्ट शासनमा बलात्कार र हत्या जस्ता जधन्य अपराधहरु सामान्य मानिन्छन् भन्ने धारणा बन्दै गइरहेको जिकिर गरेकी छिन् । 
‘पीडितले न्याय पाउनुको सट्टा थप अन्यायको शिकार हुँदै गइरहेको कुरा निर्मला पन्तको बावुको मानसिक सन्तुलन गुमेको कुराले पनि थप पुष्टि भएको छ,’’ कांग्रेस सांसद डा. संग्रोलाले दर्ता गरेको संकल्प प्रस्तावमा भनिएको छ, ‘‘सार्वजनिक महत्वको यस विषयलाई सरकारले अविलम्ब संसद समक्ष पेश गरोस् भनी यो संकल्प प्रस्ताव दर्ता गर्दछु ।’’


 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस २५, २०७५  १६:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC