site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
एउटै मञ्चले विश्व देखाएका गायक 
Sarbottam CementSarbottam Cement

काठमाडौं । रातो र कालो कोठे सट । गोरो बाटुलो अनुहार, टाउकोमा नीलो फेटा । पृष्ठभूमीको पर्दामा अनुहार मुजा परेका बुढाबुढीको तस्बिर । पृष्ठभूमीमा रहेका बाद्यबादकले बाँसुरीको धुन बजाउँछन् । मनै चिर्ने बाँसुरीको धुनलाई अरु थुप्रै थरी बाजागाजाले पछ्याउँछन् । अनि हातमा माइक बोकेका एक युवा माइक मुख छेउमा पुर्याउँछन् । उनी आफ्नै कथा सुनाउँछन् । अनि गीत सुरु हुन्छ–बाउको जुँगो...। 

ती गीत गाउने युवा अरु कोही नभएर पुस्पन प्रधान हुन्छन् । र मञ्च हुन्छ, नेपाल आइडल सिजन–२ को । त्यसअघि अघिल्लो श्रृंखलामा अमित बरालले गाएको उनको अर्को गीत ‘पंछी...’ ले धेरैलाई छोइसकेको थियो । ‘बाउको जुँगो...’ गाउँदा उनले मञ्चमा सुनाएको कथाले धेरैको मन चोर्यो । उनलाई नेपाली संगीतप्रेमी माझ ‘मार्क’ गरायो ।

त्यो मञ्च पाउनु अगाडि गुमनाम प्रायः तिनै पुस्पनलाई आज भ्याई नभ्याई छ । कहिले देशकै कार्यक्रम त कहिले विदेशका कार्यक्रम । उनलाई फुर्सदै छैन आजकाल । गणीतका शिक्षक उनी विदा बसेर सांगीतिक कार्यक्रममा सहभागी भइरहेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

उनको फेसबुक वाल हिजोआज कार्यक्रमको डेट र भेन्यूले भरिन्छ । लामो संगीत साधनाका वावजुद पनि गुमनाम पुस्पनलाई एउटै मञ्चले संसार सामु चिनायो र संसार घुमाउँदैछ । 
अहिले उनी आसाममा छन् । पुसको अन्तिम साता हुने पोखरा महोत्सवका लागि शुक्रबार पोखरा महोत्सवमा आउने तरखरमा रहेका पुस्पन भोलि विहीबार नाइट इष्ट गोरखा फेष्टिबलमा विशेष प्रस्तुती दिँदैछन् । 

केही कार्यक्रमको मिति र स्थान तय भइसकेको छ । केही हुँदैछन् । “सिंगापुर, हङकङ, कोरिया, अष्ट्रेलिया र अमेरिकाका कार्यक्रमका लागि जाँदैछु । दुवई र अन्य केही ठाउँका कार्यक्रममा पनि कुरा भइरहेको छ,” आसामबाट बाह्रखरीसँग पुस्पन भन्छन्, “पोखराबाट सिंगापुर जाने कार्यक्रम छ । त्यसपछि चलचित्र ‘समरलभ’को पब्लिसिटीका लागि काठमाडौंमा केही दिन रहन्छु ।” पुस्पन ‘समर लभ’का संगीतकार हुन् भने उनी आफैंले गीत लेखेर गाएका पनि छन् । 

Global Ime bank

‘समर लभ’को पब्लिसिटीपछि कोरिया जाने पुस्पन केही दिनका लागि नेपाल फर्किने छन् । त्यसपछि हङकङ जाने उनी अप्रिलमा ८ वटा कार्यक्रमका लागि अष्ट्रेलिया जाने तरखरमा छन् । त्यसपछि दुवई र अमेरिकाको कार्यक्रममा जाने उनी सुनाउँछन् । 

नेपाल आइडलका प्रतिस्पर्धी अमित बरालको गीतका लागि तयारी गरिरहेका पुस्पन आफ्नो गीत पनि चाँडै बजारमा ल्याउने तरखरमा छन् । 

“अमितको गीत करिब एक महिनामा सार्वजनिक गर्ने तयारीमा छौं,” उनले भने, “त्यसपछि मेरा केही गीत आउने छन् । अमित र मैले संयुक्त रुपमा पनि गीत ल्याउने तयारी गरिरहेका छौं ।”   

तलकाे न्यूज लिंक पनि पढ्नुस् ः

'कमसेकम मर्ने बेला ती आमाबुबालाई हाम्रो काख दिऊँ !'

पुस्पन किन कस्छन् शीरमा कफन ?

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस २५, २०७५  १५:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC