site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
बीपीएलमा सन्दीपको प्रभाव कायमै
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले बीपीएलमा आफ्नो प्रभाव कायम राख्न सफल भएका छन् । उनले बंगलादेश प्रिमियर लिग (बीपीएल) मा सिलेट सिक्सरबाट चिताङगोङ भिकिन्सविरुद्धको दोस्रो खेलको पहिलो ओभरमा ४ रनमात्रै खर्चेका छन् ।
७ औं ओभर बलिङ गर्न आएका सन्दीपको पहिलो बलमा भिकिन्सका मोहम्मद असरफुलले २ रन  लिए भने दोस्रो बल डट रह्यो । तेस्रो बलमा मोहम्मद असरफुलले १ रन लिए ।
त्यस्तै, चौथो र पाँचौं बल डट रहेको थियो भने अन्तिम बलमा क्यामरोन डेलपोर्टाले १ रन लिए । सिक्सरले दिएको १६९ रनको लक्ष्य पछ्याएको भिकिन्सले ७  ओभरमा १ विकेट गुमाएर ६२ रन बनाएको छ ।
बीपीएलमा यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको सिक्सरले निर्धारित २० ओभर खेल्दै ५ विकेट गुमाएर १६८ रन बनाएको थियो । सिक्सरका लागि कप्तान तथा ओपनिङ ब्याट्सम्यान डेभिड वार्नर, निकोलास पुरान तथा अफिफ हुसेनले उत्कृष्ट ब्याटिङ गरे ।
पुरानले अविजित रहँदै ३२ बलमा ३ छक्का र ३ चौकाको मद्दतमा अर्धशतकसहित ५२ रन बनाए भने कप्तान वार्नरले ४७ बलमा १ छक्का र २ चौका प्रहार गर्दै ५९ रनमा खेलीरहँदा मोहम्मद असरफुलको बलमा कप्तान मुस्रफिक्यु रहिमले क्याच आउट गरेका थिए । 
२८ बलमा ४५ रन बनाएर खेलिरहेका अफिफ हुसेनलाई खदेल अहमदको बलमा विकेटकिपर ब्याट्सम्यान मोहम्मद शहजादले क्याच आउट गराएका थिए । सिक्सरका लागि अन्य ब्याट्सम्यानहरुले भने दोहोरो अंक जोड्न सकेनन् ।
सिक्सरविरुद्ध भिकिन्सका रोविइ फ्रायालिन्कले उत्कृष्ट बलिङ गरे । उनले सिक्सरका महत्वपूर्ण तीन विकेट लिए । त्यस्तै, नऐम हसन र खदेल अहमदले समान एक—एक विकेट लिए ।  
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस २५, २०७५  १४:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC