site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
सयकडा दशः भ्रष्टाचार रोक्न प्रेम जरुरी 
Sarbottam CementSarbottam Cement

काठमाडौं । अभिनेता मनोज गजुरेल मंगलबार आफू अभिनित चलचित्र  ‘सयकडा दश’को बटमलाइन सुनाउँदै थिए, –‘भ्रष्टाचार रोक्न प्रेम जरुरी छ ।’ उनले राजनीतिभन्दा प्रेम भ्रष्टाचारविरुद्ध प्रभावकारी हुने पनि बताए । 

चर्चामा रहेको वाइडबडी भ्रष्टाचार प्रकरणको समाधान दीर्घकालीनरुपमा राजनीतिभन्दा प्रेमभित्र खोजिनुपर्ने उनको तर्क थियो । उनले चलचित्रलाई कला र मनोरञ्जनभन्दा समाजको रुपान्तरणका लागि प्रयोग गर्नुपर्ने खाँचो औंल्याए । 

Prabhu Bank
Agni Group
NIC Asia

‘सयकडा दश’ले मंगलबार राजधानीमा अनलाइन मिडियासँग अन्तरसंवाद कार्यक्रम आयोजना गरेको थियो । निर्माता एवं अभिनेता राजाराम पौडेलले आफ्ना लागि पैसाभन्दा धेरै कलाले अर्थ राख्ने बताए । ‘दुई सय जति फिल्म गरेँ हुँला, केही पेन्डिङमा होलान् । मेरा लागि सयकडा दश सर्वोत्कृष्ट हो’ उनले भने ।  

अभिनेत्री करुणा श्रेष्ठ र अभिनेता अमृत ढुंगानाले चरित्र चित्रणबारे चर्चा गरे । ‘गरेजति फिल्ममा मैले पात्र र शैलीमा नयाँपन पस्कने प्रयास गरेको हुन्छु’ ढुंगानाले भने । डेब्यु गर्ल श्रेष्ठको भनाइमा ‘सयकडा दश’ फिल्म–मेकिङ सिक्ने पाठशाला पनि हो । 

Global Ime bank

निर्देशक रामशरण पाठक रिलिज अगाडि प्राप्त प्रिभ्यूले पुलकित सुनिए । भन्छन, ‘गीत र ट्रेलरले दिलाएको सुखद फिडब्याकले खुशी अवश्य छु ।’ उनका अनुसार चलचित्रले माघ पहिलो सातादेखि देश दौडाहा थालनी गर्दैछ । माघ १८ मा चलचित्र रिलिज हुँदैछ । 

तस्विरः शंकर गिरी

 


 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस २४, २०७५  १९:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC