site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
मौका पाए धेरै खेलाडी सन्दीप लामिछानेजस्ता बन्छन्– कप्तान पारस खड्का
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेपाली क्रिकेटको प्रवर्धन गर्न भन्दै अस्ट्रेलिया भ्रमणमा रहेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले नेपालमा थुप्रै प्रतिभावान खेलाडी रहेको र मौका पाए अन्य धेरै सन्दीप लामिछाने जत्तिकै बन्ने बताएका छन् । 
एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेसको आयोजनामा अस्ट्रेलियामा भइरहेको क्रिकेट मेलामा कप्तान खड्काले प्रशिक्षण दिइरहेका छन् । कप्तान खड्कासहित दीपेन्द्रसिंह ऐरी, यु–१९ क्रिकेट टोलीका पूर्व सदस्य सुवास प्रधानले मेलामा सहभागी ४० जनालाई एकदिने प्रशिक्षण दिएका थिए । त्यही प्रशिक्षणका क्रममा पारसले त्यस्तो धारणा राखेका हुन् । तीनजना बाहेक यशवन्त सुवेदी र सुनाम गौतमको पनि सहभागिता छ ।
कप्तान पारससहितको टोलीले अस्ट्रेलियाको अन्य तीन सहरमा पनि प्रशिक्षण दिनेछन् । पुस २१  र २२ गतेमा सिड्नीमा, २६ गते ब्रिसवेन र २८ गते एडलेइडमा प्रशिक्षण कार्यक्रम छ । एडलेइडमा त्यहाँ रहेका नेपाली टोलीका पूर्व सदस्यसहितका खेलाडी सम्मिलित तीन टोली बनाएर ट्वान्टी–२० खेल खेल्ने सुवास प्रधानले जनाए । 
उक्त प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने दुई खेलाडीले आगामी संस्करणको पोखरा प्रिमियर लिगमा एक्सपर्ट धनगढी ब्लुजबाट खेल्ने अवसर पाउने एक्सपर्ट एजुकेशनका निर्देशन सञ्जिव शर्माले जानकारी दिए । उनले थपे, “हामी क्षमतावान खेलाडीको लागि अवसर पनि सिर्जना गर्छौं ।” 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस १६, २०७५  १२:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC